पौष १० गते २०७८

माधव र बाबुराम सँग पार्टी एकता गर्नेबारे छलफल भैरहेको छ :प्रचण्ड

काठमाडौं,१० पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको बताएका छन् ।

पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार ललितपुरको हिमालय होटलमा आयोजित सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । माधव नेपाल र बाबुराम भट्टराईसँग गठबन्धमा सँगै रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौं, भोलि चुनावी मोर्चा वा पार्टी एक बनाउने बारे पनि छलफलहरु चलिरहेका छन् ।’