असाेज ९ गते २०८३
एगा अध्यक्षमा ढकाल निर्वाचित, नेपालको आत्मा चिनाउने एगा हो स् पर्यटन बोड सदस्य पोखरेल
असोज, पोखरा
इब्रोईडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको अध्यक्षमा गीता ढकाल पौडेल निर्वाचित हुनुभएको छ । संस्थाको १२ औ अधिवेशन तथा २३ औ साधारण सभा बाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । एगाको इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको हो । संस्थाको उपाध्यक्षमा माया सुबेदी, सचिवमा सुरेन्द्र पौडेल, सहसचिवमा रामकृष्ण तिमल्सीना तथा कोषाध्यक्षमा शुशिल ढकाल सर्बसंबत हुनुभएको छ । सदस्यहरुमा नारायण प्रसाद पाण्डे,प्रमिला थापा,उमनाथ भट्टराई, रामहरी भट्ट,जगत नाराणयण श्रेष्ठ रहनुभएको छ । संस्थाले मिडिया सल्लाहकारको रूपमा पत्रकार माधव पनेरुलाई चयन गरेको छ । औपचारिक कार्यक्रमको क्रममा नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले नेपालको आत्मा ईब्रोईडरीका माध्यम बाट विश्व चिनाउने एगा लाई पहिचान गर्न, जिम्मेवारी दिन र सहकार्य गर्न नेपाल पर्यटन बोर्ड सदैव तयार रहेको बताउनुभयो । एउटा संस्था जसले हिमाल, सगरमाथा मात्र होइन हाम्रा धरोहरहरूलाई धागोको माध्यमबाट कलात्मक रूपमा विश्वका नागरिकहरूको स्तरमा चिनाउने काम गर्नु सानो कुरा नभएको उहाँको भनाई थियो । राज्यले गर्न नसकेको पर्यटन मार्केटिङ एगाले गरेकोमा आफू अत्यन्त खुसी भएको र आगामी दिनमा सहकार्यका लागि तयार रहेको उहाँको भनाई थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका वरिष्ठ उपाध्यक्ष सूर्य भुजेलले पोखरामा अन्तर्राष्ट्रिय विमान आउन सुरु भएकोले अब आर्थिक रूपमा गतिविधि सञ्चालनका लागि अधिक रूपमा निजी क्षेत्र सक्रिय हुनुपर्ने र उद्योग वाणिज्य सङ्घ र पर्यटन परिषद् बिच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले छातीमा गोली खान तयार भएर पोखरा विमानस्थल र्निमाणका क्रममा अनसन बसेको स्मरण गर्नुभयो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजलेले कुनै पनि चिज आफैमा पूर्ण हुँदैन तर दोषारोपण गरेर भन्दा सहकार्य गरेर मात्र समस्याको समाधान गर्न सकिने उल्लेख गर्नुभयो । पोखरा पर्यटन परिषद् सबै पक्षसङ सहकार्य गर्न तयार रहेको उहाँले सो अवसरमा स्मरण गर्नुभयो । सो अवसरमा पोखरा उद्योग वाणिज्य सङ्घकी अध्यक्ष शोभा गौतमले पोखरा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल सुरु हुने गौरव र विगतको आन्दोलनको उपलब्धिका रूपमा ग्रहण गर्दे अगाडी बढ्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । एगा पोखराका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी इन्द्र भण्डारीले कोही अग्लो र कोही होचो भन्ने मानसिकता रहेसम्म पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताउनुभयो । पर्यटनमा सँगसँगै भन्ने नारा स्थापित गर्न सबैसँग आग्रह गर्नुभयो । एगाले विगत देखी गर्दे आएको प्रयासको स्मरण गर्दे उहाँले सहअस्तित्व र सहकार्यका लागि संस्था सधैँ तयार रहेको बताउनुभयो ।संस्थाका सल्लाहकार पुष्कल बहादुर थापाले नेपालमै कच्चा पदार्थ उत्पादन गर्ने एगाको सोचमा राज्यको साथको आवश्यकता औँल्याउनु भयो । होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी ले पोखराको पर्यटनमा सबै संघसस्थाको भूमिका बराबर भएकाले सोही अनुसार सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संस्थाका सचिव माया सुबेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष गोकर्ण लम्सालले एगाका सदस्यहरूले स्वदेशी उत्पादन मात्र होइन खेर गइरहेको बस्तुहरूका उपयोग गर्ने नीति लिएको र सोही अनुसार उद्योग सञ्चालनको समेत थालनी गरेको बताउनुभयो । पर्यटन क्षेत्रमा महत्त्वपूर्ण रहेको नेपाली उत्पादन र त्यसमा पनि अल्लो, हेम जस्ता चिजहरू बाट कपडा लगायतका उत्पादनहरू गर्न राज्यले प्रोत्साहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एगाका करिव ६० जना सदस्यहरूले एगा नाईस नेपाल गार्मेन्ट उद्योग सञ्चालन गरेका छन । उद्योगले पर्यटन केन्दीत उत्पादन गरिरहेको छ । कार्यक्रममा पर्यटनबिज्ञ दीपेन्द्र पहारीले एगाको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । बन्द्रसत्रमा संस्थाको आगामी योजना तथा आर्थिक प्रतिवेदनका बारेमा छलफल गरिएको थियो । सो क्रममा संस्थाका पूर्व अध्यक्ष चिरञ्जीवी पोखरेल, कृष्ण कुमार श्रेष्ठ उपाध्यक्ष गीता ढकाल, सहसचिव सुरेन्द्र पौडेल, सद्भाव सदस्य कमल बहादुर सापकोटा, सद्भाव सदस्य ईश्वर कुमार श्रेष्ठ, पूर्व अध्यक्ष विश्व पोखरेल, पूर्व अध्यक्ष जीवनाथ गौतम लगायतले धारण राख्नुभएको थियो । सो अवसरमा पत्रकार माधव पनेरु र पर्यटन विज्ञ दीपेन्द्र पहारी लाई सम्मान गरिएको थियो । संस्थाको बिभिन्न क्रियाकलापहरूमा योगदान दिने सदस्य, सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरूलाई पनि सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष गोकर्ण लम्सालको कार्यकालको उच्च मुल्याङ्गन गर्दे सदस्यहरूले विशेष सम्मान गरेका थिए । संस्थाको आन्तरिक जीवनमा लम्सालको योगदानको चर्चा गरिएको थियो ।