असाेज १५ गते २०७९

मर्दी हिमाल को पर्यटन को पर्याय सुदीप गौतमको भीरबाट लडेर मृत्यु

पोखरा, १५ असोज
पर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई चिनाउने पर्यटन व्यवसायी ३५ बर्षिय सुदीप गौतमको भीरबाट लडेर मृत्यु भएको छ ।

मर्दी पदयात्राको हाइक्याम्पमा शुक्रबार साँझ ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गौतमले मर्दी हाइक्याम्पमा होटल सञ्चालन गर्दै आएका थिए ।
गौतम भीरबाट अन्दाजी ५१ मीटर तल खसेको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । होटल व्यवसायी अर्को एक जना साथीसँग गौतम पानी मर्मत गर्न गएका थिए । गौतमको टाउकोमा चोट लागेको थियो ।

घटना लगत्तै स्थानीयले उद्धार गरेर ल्याए पनि उनको बाटोमा नै मृत्यु भएको अध्यक्ष क्षेत्रीले बताए । गौतमको शवलाई शनिबार विहान हेलिकप्टरबाट पोखरा ल्याइ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम पछि अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

सफल पर्यटन व्यवसायी गौतमले मर्दी हिमाल पदयात्राको प्रचार प्रसार र प्रवद्र्धनमा ठूलो भूमिका खेलेका थिए । उनकै बलबुतावाट मर्दि हिमाल ट्रेक को विकास भएको जानकारहरु बताउछन गौतम मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत हुन् । गौतमको परिवारमा बुबा, आमा, श्रीमति एक छोरी र एक छोरा एक बहिनी र एक भाई बुहारी रहेका छन् ।