असाेज १३ गते २०८०

हेमजा उधोग ब्यबसाय समितिको शुभकामना आदानप्रदान कार्यक्रम

गोविन्द तिमिल्सिना
हेमजा, १३ असोज
हेमजा उधोग ब्यबसाय समिति पोखरा २५ हेमजाको आयोजनामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । समिति दर्ता भइ पहिलो कार्यक्रम अन्तरगत बिजय दसमी, शुभ दिपावली, नेपाल संवत्, छठ पर्व तथा इद पर्वको शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा ज। २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले नेपालीको चाडपर्वको शुभकामना दिदै महानगरमा ठुलो वडा भएको उल्लेख गर्नुभयो । उहाँले बाटो पुल बन्दैमा बिकास नहुने बताउदै आयआर्जनमा पनि लाग्नुपर्ने बताउनुभयो । हेमजामा ब्यबसाय बडी रहेको उल्लेख गर्दै वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । माछापुच्छ्रे र अन्नपूर्ण गाउँ पालिकामा सदस्य बिस्तार गर्ने लक्ष्य रहेको संयोजक मिनराज तिमिल्सिनाले बताउनुभयो । उहाँले ब्यबसायको हक हितको लागि समिति भएको बताउदै समिति गठन र दर्ता गर्दा भोग्नु परेको समस्य बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा वडा सदस्य कृष्णबहादुर कुँवर, पोखरा उधोग बाडिजे संघका सदस्य बाल कृष्ण कोइराला, पर्यटन ब्यबसायी बिश्वराज अधिकारी, पुर्व संयोजक रुद्रनाथ पौडेल, मनोरथ सापकोटा र सदस्य धुर्व बहादुर परियार लगाएतले शुभकामना दिनुभएको थियो । हाल ११४ जना सदस्य रहेको कोषाध्यक्ष तिर्थराज देवकोटाले जानकारी दिनुभयो ।
संयोजक मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य पार्वती पौडेलले र सञ्चालन सचिव राजेन्द्र बाँस्तोलाले गर्नुभएको थियो ।