श्रावण १८ गते २०८३
लुम्बिनी फोटोग्राफर संघको आयोजनामा १ दिने स्टुडियो सम्बन्धी अनलाइन तालिम सम्पन्न
१८ साउन बुटवल
लुम्बिनी फोटोग्राफर संघ को आयोजनामा १ दिने स्टुडियो सम्बन्धी अनलाइन तालिम सम्पन्न भएको छ। फोटोग्राफी व्यवसायलाई प्रविधिमैत्री र समयसापेक्ष बनाउने उद्देश्यका साथ उक्त तालिम सञ्चालन गरिएको हो।
संघका अध्यक्ष दिनेश अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले आधुनिक समयमा प्रविधिको सही प्रयोग गर्दै सेवा प्रवाह गर्नु नै व्यवसायीहरूको सफलताको साँचो भएको बताउनुभयो। यस्ता खालका प्रविधिहरुको सेवा मुलक कामले राज्य पक्ष र सेवाग्राहि पक्ष दुवैलाई फाइदा गुग्ने कुरा बताए।
कार्यक्रममा संघका सल्लाहकार माधवप्रसाद पन्थ, नवलपरासी फोटोग्राफर संघका उपाध्यक्ष शिव भण्डारी महासचिव सुरज चालिसे हरूलगायत विभिन्न अतिथिहरूले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संघका प्रथम उपाध्यक्ष माधव प्रसाद पन्थले राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव त्रिभुवन पाण्डेले गरेका थिए ।
तालिमको सहजीकरणमा संयोजक प्रेमबहादुर अर्याल र सुरज भुसालले रहेका थिए । तालिममा लोक सेवा आयोग, शिक्षक सेवा आयोग, त्रिभुवन विश्वविद्यालय, वडासँग सम्बन्धित फर्महरू, तथा पुलिस रिपोर्ट, ड्राइभिङ लाइसेन्स, बैंकहरू र श्रम तथा परिचयपत्र सम्बन्धी अनलाईनबाट भरिने अनलाइन फारम तथा प्रक्रियाबारे सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
तालिममा ६५ जना फोटोग्राफर तथा स्टुडियो व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो।