भाद्र ३० गते २०७७

सहरा खेलकुद पत्रकारिता पुरस्कारबाट इन्द्र पौडेल सम्मानित

३० भाद्र,पोखरा

सहरा खेलकूद पत्रकारिता पुरस्कार–२०७६ बाट कान्तिपुर टेलिभिजनका सम्वाददाता इन्द्र पौडेल सम्मानित भएका छन । क्लबको २२औं वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गरिएको हो । नगद २० हजार पाँच सय रुपियाँ, ताम्रपत्र तथा दोसल्ला ओढाइ सम्मान गरिएको छ । क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई छनोट गरेको हो ।

क्लबले प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट खेलकूदको विकासमा योगदान पु¥याउने र विशेषगरी खेलकूद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । पौडेल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव तथा खेलकूद पत्रकार मञ्च गण्डकीका सदस्यसमेत हुन् । यसअघि सो पुरस्कारबाट पोखराका १४ जना क्रियाशील पत्रकार एवं सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् ।