भाद्र १५ गते २०७७

प्रहरीलाई नेलम्बो नेपालको सहयोग


सम्वाददाता
पोखरा, १४ भदौं।पोखरा–४ स्थित नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको छ।

कोरोना भाइरसको बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले परियोजनाको तेस्रो चरण अन्र्तगत त्यसको रोकथाम र नियन्त्रणमा पूर्ण सावधानी अपनाउन सामाग्रीहरु प्रदान गरेको हो ।

हाल कोभिड १९ समुदाय स्तरमा नै फैलिन लागेको विषम परिस्थितिलाई मध्यनजर गर्दै त्यसले थप आक्रान्त नपारोस र जोखिमलाई न्यूनिकरण गर्नको लागि अग्रपंक्तिमा रही दिन रात सर्वसाधारणको सेवामा खटिने सुरक्षाकर्मिहरु संक्रमणको उच्च जोखिममा रहने भएकाले सुरक्षित रहेर कार्य गर्न सहज होस भन्ने हेतुले सहयोग गरिएको हो।

संस्थाले गल्वस, मास्क, सेनिटाइजर, फेस सिल्ड, हेड कभर र केएन् ९५ मास्क गरी कुल रु. एक लाख २ हजार ४ सय १० बराबरको सामाग्री प्रहरी उपरिक्षक जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, उपाध्यक्ष सरोज कोइराला, कार्यक्रम संयोजक डा. किसन कोइराला र जनसम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारी सम्मिलित टोलीले ति सामाग्री हस्तान्तरण गरेको हो।

कार्यक्रमका बीच धन्यवाद ज्ञापन गर्दै प्रहरी उपरिक्षक श्रेष्ठले नेलम्बो नेपालले सह्रानीय कार्य गरेको चर्चा गरे।उनले नेलम्बो नेपाललाई स्वास्थ्य सम्बन्धी थप क्रियाकलाप गर्न आग्रह समेत गर्दै भावि दिनमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरीलाई सामान्य स्वास्थ्य जाँच गरिदिन अनुरोध समेत गरेका थिए।

संस्थाका अध्यक्ष एकदेव देवकोटाले यो महामारीमा रोगले भन्दा पनि मनोरोगले सवैलाई आक्रान्त पारेको भन्दै आफुहरुले त्यसमा थप सहजीकरण गर्ने बताए।त्यस्तै उनले विभिन्न माध्यमबाट कोरोना भाईरसको नकरात्मक धारणालाई चिर्दै सर्वसाधारणले रोगसँग लड्ने हौसला बढाउनुपर्ने आवश्यकता समेत औँल्याए ।