असाेज १ गते २०७८
राष्ट्रिय समृद्धिको पर्वका रूपमा मनाइँदै विश्वकर्मा पूजा
काठमाडौं, १ असोज ।
हरेक वर्ष सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गरेको प्रथम दिनलाई विश्वकर्मा दिवसका रूपमा मनाउने प्रचलन रहिआएको छ । सौरमासअनुसार हरेक वर्ष असोज १ गते वास्तुविद् तथा शिल्पकार भगवान विश्वकर्मा बाबाको पूजागर्ने प्रचलन सदीयौंदेखि चलिआएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजाल बताउँछन् ।
विशेषगरी यसवर्ष हरिपरिवर्तिनी एकादशी व्रत, वास्तुदिवस, विश्वकर्मा पूजा, राष्ट्रिय चलचित्र दिवसर र राष्ट्रिय विज्ञान दिवससमेत परेकाले यस दिनलाई राष्ट्रिय समृद्धिको पर्वका रुपमा पनि मनाउन सकिने उनको भनाइ छ ।
‘धर्म भनेकै विज्ञान हो र विज्ञान भनेकै प्रकृति हो । वैदिक सनातन हिन्दू धर्ममा विश्वकर्मा बाबालाई निर्माण, वास्तुकला, शिल्पकला, मूर्तिकला सवारी साधनलगायत समस्त सांसारिक कलात्मक वस्तुहरूको अधिष्ठात्र देवताका रूपमा पूजा गर्ने शास्त्रीय नियम रहिआएको छ’, ज्योतिषी रिजाल भन्छन् ।
शास्त्रमा उल्लेख भएअनुसार सुनै सुनको दरबारका रूपमा चिनिने लंकालाई सम्पूर्ण वास्तुसम्मत् तरिकाबाट निर्माण गरेको हुनाले विश्वकर्मा बाबालाई वस्तुशास्त्रका पिताको रूपमा वास्तुविद्हरूले लिने गरेका छन् र उनीहहरूले वस्तु दिवसका रूपमा विश्वकर्माको पूजागरी मनाउँदै आएका छन् ।