माघ ९ गते २०७७

प्रचण्ड–माधव पक्षको आज काठमाडौंमा शक्ति प्रदर्शन

काठमाडाैं ,९ माघ। बिभाजित नेकपाको प्रचण्ड–माधव समूहले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदमबिरुद्ध आज काठमाडौंमा बृहत शक्ति प्रदर्शन गर्दैछ ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–माधव समूहले नारायणकाजी श्रेष्ठको नेतृत्वमा केन्द्रीय संघर्ष समिति बनाएको थियो । समितिले हरेक प्रदेश, जिल्ला र जनवर्गीय संगठनमार्फत कार्यकर्तालाई काठमाडौंमा एकत्रीत गर्न निर्देशन दिएको छ ।

काठमाडौंका बिभिन्न ९ ठाउँबाट निस्कने जुलुस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह अगाडिको सडकमा पुगेर बृहत सभामा परिणत हुनेछ ।