चैत्र १ गते २०७८

मिलिजुलिको रक्तदानमा ७२ पिन्ट संकलन


पोखरा १, चैत
पोखराको चिप्लेढुगामा रहेको मिलिजुलि सहकारीको १५ औं बार्षिकोत्सव को अवसरमा आयोजीत रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको छ ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सहकारी रजिष्टार कार्यालय का रजिष्टार उदय बहादर पराजुलीले रक्तदाता अप्सरा पराजुली लाई ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभएको थियो । सहकारीले आफ्ना सदस्य तथा उपभोक्ता लाई सामाजिक कार्यमा संग्लग्न गराई यस्ता सामाजिक कार्यहरु गर्नमा अग्रसर गराएमा सामाजिक उत्तरदायित्व बहन हुने कुरामा प्रमुख अतिथि पराजुली ले जोड दिनुभयो । कार्यक्रमका संयोजक तथा महिला उप समिति संयोजक देवी श्रेष्ठले सहकारीले आयोजना गरेको कार्यक्रममा सम्पुर्ण उपस्थितहरुलाई स्वागत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष ज्ञानहरी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु कमलनाथ कुँवर ,मिनराज काफ्ले, विष्णु प्रसाद सुवेदी ले आ आफ्नो मन्तब्य राख्नुभएको थियो भने रक्तसंचार केन्द्र वाट आउनु भएका प्राविधिक महेन्द्र के. सी. ले रक्तदानका फाइदाका बारेमा बताउनु भएको थियो । कार्यक्रम संचालन संस्थाका सचिव लेखनाथ पौडेल ले गर्नु भएको थियो ।