माघ ८ गते २०७७
विश्वका ६० देशमा पुग्यो कोरोनाको नयाँ भाइरस
काठमाडौं, ८ माघ ।
नयाँ प्रकारको कोरोना भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको दाबी गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो सातामा मात्रै विश्वका १० देशमा पुगेको हो । संगठनले महामारीको नयाँ स्वरूप दिन प्रतिदिन नयाँ–नयाँ देशमा पुगिरहेको जनाएको छ ।
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रूपमा विश्वमा बढ्दै गएको बताइएको छ । संगठनका अनुसार पछिल्लो एक सातामा मात्र कोरोना संक्रमणबाट करिब ९३ हजार जनाको ज्यान गएको छ ।