पौष २२ गते २०७७
काठमाडौँमा दिउंसै लाल्टिन बालेर सडकमा
काठमाडौँ,२२ पुष ।
अनेरास्ववियू विद्यार्थी संगठनले काठमाडौँमा लाल्टिन जुलुस निकालेको छ। नेकपाको प्रचण्ड–नेपाल समूह समर्थक संगठनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दिउँसै लाल्टिन जुलुस निकालेको हो।
बुधबार माइतीघरबाट सुरु भएको लाल्टिन जुलुस नयाँ बानेश्वरसम्म पुगेको थियो। दिउँसै निकालिएको लाल्टिन जुलुसमा सहभागीहरुले निधारमा कालो पट्टी बाँधेका छन्।प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमविरुद्ध घोषणा गरिएको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार अनेरास्ववियूले लाल्टिन जुलुस निकालेको हो।