चैत्र २ गते २०७७
आर्थिक संकटका कारण यो वर्ष बुढासुब्बा गोल्डकप नहुने
विराटनगर, ०२ चैत । मोफसलकै बहुप्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २३औं संस्करण यो वर्ष नहुने भएको छ । धरान फुटवल क्लवको आयोजनामा २०५५ सालदेखि बुढासुब्बा गोल्डकप प्रतियोगिता धरानको एन्फा टेक्निकल सेन्छरको मैदानमा हुँदै आएको थियो । तर पहिलो पटक आर्थिक संकटका कारण चैत महिनमा सञ्चालन हुदै आएको प्रतियोगिता रोकिन पुगेको हो ।
कोरोना महामारीको कारण आर्थिक सहयोग जुट्न नसक्ने भएपछि गोल्डकप रोक्नु परेको आयोजक धरान फुटबल क्लबले जनाएको छ । क्लबका अध्यक्ष किशोर राईले प्रतियोगिता सञ्चालनका लागि आर्थिक पाटो बलियो नहुदा प्रतियोगिता रोक्नु परेको बताए ।
‘बुढासुब्बा गोल्डकप प्रतियोगिताका लागि आवश्य कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाट प्राप्त हुने गरेको छ’ अध्यक्ष राईले भने, तर यो वर्ष अबस्था फरक रह्यो, कोरोनाका कारण सबै क्षेत्र संकटग्रस्त छ । दाताको सहयोग लिन क्लब असमर्थ भएकाले प्रतियोगिता रोक्ने निर्णयमा पुग्यौं ।’
उनले बाँकी २५ प्रतिशत प्रायोजक, सह–प्रायोजकबाट पाउँदै आएको बताए । तर, यसपाली कोरोना महामारीले गर्दा सबैको आर्थिक अवस्था जर्जर रहेकोले गोल्डकपलाई पनि असर पुगेको बताए । द्वन्द्वकाल, मधेश आन्दोलनजस्ता विषम परिस्थितिमा पनि विगतमा यो प्रतियोगिता निरन्तर आयोजना भएको थियो ।