असाेज १ गते २०८१

पोखरा उद्योग वणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की

पोखरा, पोखराका ब्यबसायी एबम उद्योगीहरुको अग्रणि संस्था पोखरा उद्योग वणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन्। संघको ३५ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न मतगणनाको परिणाम अनुसार कार्कीले आफ्ना प्रतिस्पर्धी अर्जुन पोखरेललाई ४ सय ८८ मतले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् । संघको अध्यक्ष र उपमहासचिवबाहेकका अन्य पदाधिकारी भने निर्विरोध निर्वाचित भएका थिए । संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

कुल २ हजार २४७ मत खसेकोमा अध्यक्षमा निर्वाचित कार्कीले १ हजार ३ सय ३९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी पोखरेलले ८५१ मत मात्र प्राप्त गरे। अध्यक्षमा बिजयी कार्की यस अगाडी संघको बरिष्ठ उपाध्यक्ष थिए भने पोखरेल अघिल्लो पटक पनि अध्यक्षमा पराजित भएका थिए। संघको उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनले अर्जुन प्यानलबाट उठेका बालकृष्ण कोईरालालाई पराजित गर्दै विजयी भए । बिजयी प्रधानाङ्गले १ हजार १ सय ७७ मत प्राप्त गरे । कोईरालाले १ हजार ४७ मत प्राप्त गरे । खुल्ला सदस्यमा ललितबहादुर कुँवरले सबैभन्दा बढी १ हजार ५३९ मत प्राप्त गरेका छन् यसैगरि सदस्यहरुमा देवेन्द्र प्रजुले १ हजार ५१६, सौगात थापाले १ हजार ४९४, दूधमान गुरुङले ९आशिष० १ हजार ४६८ र भीम गौतमले १ हजार ४३९ मत ल्याएर सदस्यमा बिजयी भएका हुन् ।त्यस्तै, टिकाराम सुवेदी ९माधव० १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना १३७५, प्रदीप राजभण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मत ल्याएर बिजयी भएका छन् । १० खुल्ला सदस्यमा बिनोद केसी १२९६, लेखनाथ सुवेदी १२८६, प्रेमप्रसाद सुवेदी १२८५, विष्णुप्रसाद तिमिल्सिनाले १२३० मत पाएर पनि पराजित हुन पुगे ।संघको खुल्ला तर्फको १० सदस्य पदका लागि १४ जनाबीच प्रतिष्पर्धा भएको थियो ।संघको वस्तुगततर्फको चार सदस्यहरुमा सूर्य घिमिरे ९मदिरा० २२ मत, दुर्गा बराल ९कस्मेटिक० २१ मत, पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित ९कपडा० १४ मत ल्याएर बिजयी भए । नवीन नापित र दीपेन्द्र कोईरालाको समान १४र१४ भएपछि गरिएको गोला प्रथाबाट नापित बिजयी भएका थिए ।