असाेज २८ गते २०८०

काठमाडौं फोटोग्राफर संघद्वारा निशुल्क आँखा शिविर (फोटो फिचर)

२७ असोज काठमाडौं
काठमाडौं( काठमाडौं फोटोग्राफर संघले शनिवार काठमाडौंमा निशुल्क आँखा शिविर कार्यक्रम आयोजना गरेको छ ।
संस्थाले बिजयादशमी, दीपावली, नेपाल सम्बत ११४४ तथा छठको शुभकामना आदान(प्रदान गर्न आयोजित कार्यक्रमको अवसर पारेर निस्शुल्क आँखा शिबिर ‌संचालन गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नं १० को सहकार्य तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो ।शिविरमा मधुमेहका बिरामिका लागि विशेष आँखा चेकजाँच तथा आवश्यक औषधि निशुल्क वितरण गरिएको थियो ।
शिविरमा करिव २०० बढि व्यक्तिहरू लाभान्वित भएको कुरा कार्यक्रमका संयोजक हरी ज्ञवालीले जानकारी दिएका छन् ।
संघका अध्यक्ष हरिप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार रत्नमान आँसु, पूर्ब अध्यक्ष बालकृष्ण श्रेष्ठ, मोति बहादुर बोगटी, निबर्तमान अध्यक्ष डिगम्बर राजवंशी, पूर्व उपाध्यक्ष जिबनाथ काफ्ले, पूर्व उपाध्यक्ष भोजराज घिमिरे, निबर्तमान उपाध्यक्ष भोला काफ्ले, फोटो वाक नेपालका ओम यादव, वरिष्ठ फोटोग्राफर किशोर श्रेष्ठ तथा कार्यक्रम संयोजक हरि ज्ञवालिले शुभकामना मन्तव्य राखेका थिए । के एण्ड के कलेज, नयाँ बानेश्वरमा सम्पन्न उक्त कार्यक्रम संघका सचिब रेशम राज पण्डितले सञ्चालन गरेका थिए ।