वैशाख २ गते २०८२

शान्ति निकेतन स्कूलको नयाँ भवन शिलन्याश

कमल पौडेल अथक
पोखरा २, बैशाख
पोखरा ५ प्रस्र्याङमा रहेको शान्ति निकेतन स्कूलको नयाँ भवन शिलन्याश गरिएको छ । पोखराको धारापानी मार्गमा रहेको करिव ६ रोपनी क्षेत्रफलमा सो भवन शिलन्याश गरिएको हो ।
सो भवन करिव १५ करोडको लागतमा निर्माण हुने विद्यालयले सोमवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । उक्त ५ तले भवन अपाङग मैत्री हुने र भवनको पाँचौ तलासम्म लिफ्टवाट पुग्न सकिने छ ।
मुकम्प प्रतिरोधी उक्त भवन अत्याधुनिक हुने समेत जनाईएको छ । विद्यालय केवल नाफाको लागि नभई समय सापेक्ष सवैको लागि शिक्षा भन्ने मूल मर्मको साथ सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
भवन आगामी माघसम्म सम्पन्न हुनेछ । आगामी आर्थिक वर्ष २०८३ को पढाई सोही भवनवाट सञ्चालन गरिने संस्थापक प्रिन्सिपल डा महेश्वर पराजुलीले जानकारी दिएका छन् ।
सो भवनमा कक्षा ४ भन्दा माथि कक्षा १२ सम्मको पढाई हुनेछ । कक्षा १२ मा नेपाल सरकारको पाठ्यक्रम अनुसार विज्ञान र व्यवस्थापन विषयको पढाई सञ्चालन हुनेछ । त्यसमा सिटीइभिटीका केही विषय समेत समावेश गरी विद्यार्थीलाई सीप मूलक शिक्षा दिने प्रयास समेत विद्यालयले गर्ने जनाएको छ । सो भन्दा तलका कक्षाहरु अहिले विद्यालय भैरहेकै स्थानमा हुने पराजुलीले जानकारी दिएका छन् ।
विद्यालयमा स्वदेशी जनशक्ति प्रयोग गरी संस्कार र सीपयुक्त शिक्षा दिन प्रयास गरिने पिन्सिपल पराजुलीले जानकारी दिए ।
उनले विद्यालयको नयाँ भवन वनेपछि पनि विद्यालयले कुनै पनि अतिरिक्त शुल्क नलगाउने र अहिले कै अवस्था जस्तै पठन पाठन गराइने वताए । उनले विद्यालयमा करिव ८ सय जना अविभावकहरुको आस्था र विश्वास रहेको वताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भूत्र्यालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवीहरु हेडम्वप्रसाद कोइराला, रवीराज वराल, किरण सापकोटा, वडाअध्यक्ष विष्णुप्रसाद वराल, वडा सदस्य हरिमाया विक, पूर्व वडा सदस्य अन्जु केसी र समाजसेवी पुरुषोत्तम पराजुली लगायतले वोलेका थिए ।
भवनको विद्यालयका संस्थापक प्रिन्सिपल डा.महेश्वर पराजुलीका माताद्धय कल्पना पराजुली र भद्रकाली पराजुलीले सो भवनको शिलन्याश गरेका हुन् । भवन शिलन्याश अघि वटुकहरुद्धारा स्वस्ती वाचन गरी भूमि पूजा समेत गरिएको थियो ।