वैशाख २४ गते २०७८

पछिल्लो २४ घण्टामा ९,१९६ संक्रमित थपिए, ५० जनाको निधन

काठमाडौं, २४ वैशाख ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा शुक्रबार नेपालमा कोरोनाभाइरसका ९,१९६ संक्रमित थपिएका छन् भने ५० जनाको मृत्यु भएको छ । २०,४८२ वटा एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

कूल संक्रमित संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ । कूल मृतक संख्या ३,५७९ पुगेको छ । सरकारले मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८ लागु गरेको समेत जनाइएको छ ।