भाद्र १३ गते २०७८
डेल्टा भेरियन्टको संक्रमणः गम्भीर बिरामी पर्ने सम्भावना दोब्बर
काठमाडौं, १३ भदौ । कोरोना भाइरसको डेल्टा भेरियन्ट अरु भन्दा कडा र घातक रहेको एक नयाँ अध्ययनले देखाएको छ। बेलायतमा उपलब्ध तथ्यांकलाई लिएर गरिएको अध्ययनले अल्फा भन्दा डेल्टा भेरियन्ट घातक रहेको देखिएको हो।
डेल्टा भेरियन्टबाट संक्रमित भएकाहरु अस्पतालमा भर्ना गर्नु पर्ने गरि बिरामी पर्ने सम्भावना दोब्बर देखिएको हो। द लान्सेट जर्नलमा प्रकाशित भएको अध्ययनमा डेल्टा भेरियन्ट बढी संक्रामकसँगै गम्भीर बिरामी बनाउने देखिएको हो।
विज्ञले यसलाई ठूलो अध्ययन भनेका छन् र यसले पूर्ण रुपमा खोप किन लगाउनु पर्छ भन्ने कुरा थप स्पष्ट पारेको उनीहरुको भनाइ छ। खोप लगाएका व्यक्तिहरुलाई कुनै पनि भेरियन्टको संक्रमण भए पनि गम्भीर बिरामी पर्ने सम्भावना अति न्यून हुन्छ।
अहिले विश्वका अधिकांश क्षेत्रमा डेल्टा भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिरहेको छ।