वैशाख २४ गते २०८१

साईवर अपराध सम्वन्धि सचेतना मुलक कार्यक्रम

पोखरा, २४ बैशाख ।सामुदायिक सेवा केन्द्र एवम् सामुदायिकप्रहरी सेवापोखरा–१ वगरको आयोजनामा साईवर अपराध सम्वन्धि सचेतनामुलककार्यक्रम सम्पन्नभएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र बगरले माछापुच्छ«े गाँउपालिका–२ स्थित माछापुच्छ«े माविमा साईवर अपराध सम्बन्धि सचेतनामुलककार्यक्रमआयोजना गरेको हो ।
कार्यक्रममा माछापुच्छ«े माविमाअध्ययनरत कक्षा ९ र १० का विद्यार्थी सहितअभिभाक गरी १ सय ५० जनाको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिकप्रहरी सेवावगरका अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रममाजिल्लाप्रहरी कार्यालय कास्कीका सामुदायिकशाखाप्रमुखवरिष्ठ नायव निरीक्षकहोतबहादुर रोकाहाले सहजिकरण गरेका थिए ।
कार्यक्रममासाईवर अपराधको परिचय, साईवर अपराधकाप्रकार, किशोर अवस्थामा संभावित जोखिमहरु, साईबर अपराध सम्बन्धीकानुनीब्यवस्था, उजुरी निवेदनतथाजाहेरी, ईन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोग गरेमा हुने सजायँ, कास्कीजिल्लामाआएका साईवर सम्बन्धी समस्याहरुकावारेमा जानकारी गराइएको थियो ।
माछापुच्छ«े माविकाप्राचार्य सन्तोष आचार्यलेविद्यार्थीका लागि प्रशिक्षण कार्यक्रमफलदायीभएको बताए ।कार्यक्रम संयोजककमल प्रसाद बास्तोलाले कार्यक्रमकाविषयमाप्रकाशपारेका थिए ।