भाद्र २३ गते २०७६

अब त पक्कै क्रान्ति हुने भयो !

हाल नेपालमा जनवादी क्रान्ति गर्ने एक कम्युनिष्ट पार्टी सशक्त रुपमा देखा परेको छ । यश पार्टिको केन्द्रीय समिति कुनै जादुगारको मनचिन्ते झोलि भन्दा कम छैन । यसको केन्द्रीय समितिमा नेपालका गनीयका मानीयका भौतिक दर्शन शास्त्री, बिगतको जनयुध्दमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका काडरहरु, घाऊतेहरु, अपाङ्गहरु, सहिद परिवारजनहरु,बेपत्तापरिवारजनहरु लगायत माओवादी पक्षधरहरु छन् ।

अर्कोतर्फ माओवाद नमान्नेहरु, दशबर्से जनयुध्दलाई स्विकार नगर्ने बिगतको जननयुध्द आतङ्ककारी गिरोहले सञ्चालन गरेको सामाजिक फाँसीवाद हो भन्नेपनि छन् । भारतलाई नवउपनिबेशवादी र बिस्तारवादी भन्ने दुबैथरि छन्। जनयुध्दकालमा नेतृत्वमा नै छदा आत्मसुरक्षाकालागि आत्मसमर्पणगर्ने पनि छन् । एन.जी.ओ. आइ.एन. जीओ कर्मीहरु छन् । बिगतको माओवादी जनयुध्दको दमनजनस्तरबाट कसरी गर्नुपर्छ भनेर अमेरिकी सहयोगमा अमेरिकै गएर तालिम लिएका ब्यक्ति पनि छन् ।

पार्टी पूर्ण स्वतन्त्र छ । याहाँ जनवादी केन्द्रियता बर्गसङ्घर्ष, नकारको नकार जस्ता द्वन्द्ववादी झन्झट केही छैनन् । केन्द्रियसमितिको बैठक पूर्ण सहमतिमा हुन्छन् । त्यसैमा क.विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट मोटै चन्दा रकम हात परेपछि सो रकम पचाउन पारटी छाडेकाहरु, क्रान्तिदेखि आतङ्कित भएर आत्मसुरक्षाकालागि पार्टी छाडेकाहरु, र स्वयम् पार्टीले कार्यबाही गरि पार्टीबाट निस्काशन गरेकाहरुलाई यश पार्टीले ध्रुबिकृत गर्दा सुनमा सुगन्ध भएको छ । अब यसले क्रान्ति नगरे कस्ले गर्ला ? ।

हाल यो पार्टी छट्टु कागले अरू चराहरूका प्वाखहरू आफ्ना शरिरमा घुसारेर बहुत सुन्दर भएँ भन्ने जस्तो भएको छ । आफ्ना पाँखहरु उखेलेर अरुका झरेका खसेका पाँखहरु सघुसारदैमा कुनै सुन्दर हुन सक्दैन । तर सौन्दर्यका पारखी केही सौन्दर्यशास्त्री र जन्मजात क्रान्तिकारी हुँ भन्नेहरुले यसको बढो कलात्मक तरिकाले यसको सौन्दर्यको बयान गरेको देख्दा के जाति गर्नेलाई भन्दा देख्नेलाई लाज भएको छ ।