असाेज ७ गते २०८०

आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई

पोखरा, ७ असोज ।

पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघ प्रत्यक २र२ वर्षमा प्रदान गर्ने उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ, दोसल्ला र प्रमाण पत्र रहेको छ ।

मिश्रलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य र पोखरा उद्योग वाणिज्य संघका पवनकुमार प्रजापतिले सम्मान गरेका हुन् ।

दुई दशक भन्दा लामो सक्रिय पत्रकारितामा रहेका मिश्र हाल प्रेस युनियनको कास्कीका सभापति छन् भने नेपाल खबर र ढोरपाटन दैनिकमा कार्यरत छन् ।