श्रावण ३० गते २०७८
प्रचण्डको प्रस्ताव : आगामी चुनावसम्म वाम लोकतान्त्रिक गठबन्धन
काठमाडौं,३० साउन । नेकपा माओवादी अध्यक्ष प्रचण्डले कम्तीमा आगामी निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्ने बताएका छन् ।
शनिबार शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका छन्, जसमा गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमालेसँग पार्टी एकता गर्नु वस्तुतस् सही भएपनि केपी शर्मा ओली र उनको गुटमा देखा परेको अहंकार, पदलोलुपता, आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विभाजन भएको प्रचण्डको विश्लेषण छ ।