चैत्र ९ गते २०८१

फोटोग्राफर संघ गण्डकीको पूर्ण बैठक म्याग्दीको तातोपानीमा सम्पन्न

९ चैत,म्याग्दी
फोटोग्राफर संघ गण्डकी प्रदेशको पूर्ण बैठक म्याग्दीको धार्मिक तथा पर्यटकिय स्थल सिंगा तोतोपानीमा सम्पन्न भएको छ । फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर के.सीं को अध्यक्षतामा बसेको बैठक म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर ४ सिङ्गा तातोपानीमा सम्पन्न भएको थियो। यहि चैत ८ र ९ गते सम्पन्न कार्यक्रमको अवसर पारेर म्याग्दी जिल्लाभरि छरिएर रहेका फोटोग्राफरहरुलाई समेट्दै फोटोग्राफर संघ म्याग्दी जिल्ला गठन गरिएको छ । नवगठित समितिमा अध्यक्ष भोजबहादुर रिजाल, उपाध्यक्ष गौरीशंकर चौधरी , सचिव किरण कार्की, कोषाध्यक्ष कृष्णराज पौडेल र सदस्यहरुमा शालिग्राम गौतम, चिरञ्जीवी शर्मा , मनोज राना , प्रकाश पौडेल , मौनता श्रेष्ठ , गणेश गुरुङ, खगेन्द्र थापा, प्रवेश पौडेल र खड्का छन्त्याल र सल्लाहकारमा श्री सन्जय कुमार श्रेष्ठ रहेका छन ।
कार्यक्रममा बार्षिक कार्ययोजना पेश गर्दै प्रदेश भरि का जिल्ला संघहरुलाई सवल र सक्षम बनाउदै एकीकृत गर्दै फोटोग्राफी ब्यवसायलाई प्रविधि मैत्रि बनाउने कुरामा प्रदेशले जोड दिनेछ भन्ने कुरा अध्यक्षले बताए । यसै बैठक को अवसर पारेर नवलपुर फोटोग्राफर संघका नवनिर्वाचित अध्यक्ष कुशल अधिकारी लगाएत कार्यसमिति सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै अध्यक्ष केसीपराजुलीले खादा मालाले सम्मान गरेका थिए। नवगठित म्याग्दी जिल्ला अध्यक्ष भोज बहादुर रिजाल ले प्रदेशले गरेको पहललाई धन्यवाद दिंदै अवका दिनमा जिल्लाले प्रदेश संगै सहकार्य गरेर अगाडी बड्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठ, द्वितिय उपाध्यक्ष जिवन ढुंगाना, तृतिय उपाध्यक्ष घनश्याम पौडेल, म्याग्दी का फोटोग्राफर संजय श्रेष्ठ लगाएतले आ आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा गण्डकी प्रदेश भित्र रहेका ११ वटै जिल्ला वाट पदाधिकारीहरुको सहभागिता रहेको थियो  भने  कार्यक्रम संस्थाका महासचिव प्रेम पराजुलीले संचालन गरेका थिए ।