पौष २५ गते २०७८

स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा तारा सर्वसम्मत


कमल पौडेल अथक
पोखरा २५, पुस


स्याङजाली सम्पर्क सदन पोखराको २७ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनले अध्यक्षमा तारा गौतम विश्वकर्मा चयन भएका छन् । तीन जना प्रतिस्पर्धी मध्ये विश्वकर्मालाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरिएको हो ।
सदनको उपाध्यक्षमा धर्मराज अर्याल, कोपिला तिवारी, ऋतुनाथ लम्साल, गोविन्द काफ्ले, र आनन्दप्रसाद अर्याल चयन भएका छन् । महासचिवमा शिववहादुर थापा चयन भएका छन् । सचिवमा रुक्माङ्गत भण्डारी, विष्णुमाया गुरुङ, चयन भएका छन् । सदनको कोषाध्यक्षमा विष्णु पोखरेल चयन भएका छन् ।
सदनको सदस्यहरुमा टंक चापागाँई, तोलाकान्त न्यौपाने, दीपिन ढकाल, हीरामणि न्यौपाने, गीता चापागाइँ, विष्णु खनाल, कृष्ण अर्याल र नवराज गौतम चयन भएका छन् ।
सदनको अध्यक्षमा चयन भएपछि अध्यक्ष तारा गौतम विश्वकर्माले अग्रज र अनुजको सल्लाहमा सदनलाई थप गतिशिल वनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री दीपक चर्तिमगरले आफ्नो संस्कार र संस्कृति संरक्षण गर्न सदन आवस्यक भएको वताए । उनले सदनमा अहिलेसम्म आफ्नो चासो नरहेपनि अव बिशेष चासो वढेको वताए ।
उनले सामाजिक संस्थालाई राजनीतिवाट मुक्त राख्नु पर्ने वताए ।
नेपाल पत्रकार महासंघका राष्ट्रिय परिसद सदस्य एवं रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथकले केही सामाजिक संस्थाहरु राजनीतिले ध्वस्त भएको वताउँदै सदनलाई त्यसवाट मुक्त राख्न सदनमा आवद्ध सवै सदस्यहरुको पहल आवस्यक रहेको वताए ।
सदनका अध्यक्ष लीलाप्रसाद पँगेनीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष प्रा डा दिलवहादुर क्षेत्री, पीताम्वर नेपाली, अमरनाथ रेग्मी, श्यामप्रसाद रेग्मी, दुर्गावहादुर शाह, कोषाध्यक्ष विष्णुकुमारी गुरुङ, उपाध्यक्ष लालीमाया रेग्मी, महासचिव धर्मराज अर्याल लगायतले वोलेका थिए ।
सो अवसरमा समाजलाई निरन्तर सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।