भाद्र ३ गते २०८०
बुद्ध विशाल बजारको अध्यक्षमा अर्याल
कमल पौडेल अथक
पोखरा ३, भदौ
बुद्ध विशाल वजार व्यापारिक एसोसिएसन पोखराको २५ औं बार्षिक साधारण सभा एवं १३ औं अधिवेशनले इन्दराज अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
एसोसिएसनको उपाध्यक्षमा बुद्धीवहादुर कुँवर, महासचिवमा राजु केसी, सचिवमा थमनसिंह गुरुङ र कोषाध्यक्षमा शान्ति श्रेष्ठ जोशी चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा ईन्द्रमाया गुरुङ, मनोहरि पौडेल, प्रेमप्रसाद आचार्य, कृष्ण कुँवर, अनु थापा र लक्ष्मण आचार्य चयन भएका छन् ।
अध्यक्ष चयन भएपछि बोल्दै अध्यक्ष अर्यालले संस्थाको व्यवसायिक हकहितका कुरामा ध्यान दिँदै संस्थाको छवि झन् उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रदेशका अर्थमन्त्री जीत प्रकाश आलेले सरकारलाई सफल वनाउन स्थानीय प्रदेश र केन्द्र सरकारको तालमेल आवस्यक रहेको वताए । उनले संघीयताको सहि व्यवस्थापनको लागि सवैको हातेमालो जरुरी रहेको वताए ।
संस्थाका अध्यक्ष केशववहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ४ का वडाध्यक्ष देबकृष्ण पराजुली, सल्लाहकार सुदीप ढकाल, पोखरा उद्योग वाणिज्य संघका महासचिव वलराम आचार्य, कोषाध्यक्ष थमनसिंह गुरुङ, महासचिव बुद्धीवहादुर कुँवर, सचिव राजु केसी लगायतले वोलेका थिए ।
त्यसैगरी सो अवसरमा संस्थाले संस्थाका अध्यक्ष केशववहादुर खत्रीलाई दीर्घसेवा पदकबाट सम्मान गरेको छ ।
त्यस्तै अधिवेसनको अवसरमा संस्थाका प्रेस संयोजक मनोहरि पौडेल र महासचिव बुद्धीवहादुर कुँवरलाई रजत पदकबाट सम्मान गरिएको छ ।
कार्यक्रममा एसईइमा उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोरा छोरीलाई नगद सहित सम्मान गरिएको थियो ।