असाेज ५ गते २०८२
पोखरा,असोज ५
वर्षा कम हुंदै गएपछि विस्तारै शरद ऋतुको सुरुवात हुने गर्दछ प्राय यो ऋतुमा रमाइलो मौसम हुन्छ, शरद ऋतु अघिको गर्मीको वर्षाको समयमा आर्द्रता र फोहोरबाट मुक्त हुन्छ हिमालहरु खुल्दछन पहाडहरू खुल्ला हुन्छन् दिनहरू उज्यालो हुन्छन् दिन धेरै तातो र धेरै चिसो हुँदैनन् भने रातहरू पनि धेरैचिसो हुदैनन् ।
यो समशीतोष्ण मौसममा नेपालीहरुको महान चाड दशै तिहार छठ आदी पर्दछन। दशैंलाई सबैभन्दा स्मरणीय र सबैभन्दा लामो चाड मानिन्छ, जुन प्रायः असोज र कार्तिकमामा पर्दछ दशैमा आफ्रना मान्यजन वाट टिका ग्रहण घर रंगरोगन, नयाँ लुगा,मिठो परिकारहरु बनाउने परिवारहरु जमघट हुने बेला भएकोले यो पर्वको निकै महत्व रहेको छ । दशैंको केही हप्ता पछि तिहार वा उज्यालोको पर्व मनाइन्छ। यो पाँच दिने पर्वमा विभिन्न जनावरहरूसँग मानिसको सम्बन्ध रहेको चित्रण हन्छ । प्रत्येक दिन काग, कुकुर र गाई जस्ता विशेष जनावरहरूलाई समर्पित गरि पुजा आजा गरिन्छ। तिहारले धन र समृद्धिको देवी लक्ष्मीको पूजा गर्ने समयलाई पनि संकेत गर्दछ।
तिहारको समयमा घरहरू तेलका बत्तीहरू, मैनबत्तीहरू र बिजुलीका बत्तीहरूले सजाइन्छ र यसले शहरहरू र गाउँहरू उज्यालो बनाउँछ। तिहारको समयमा मानिसहरूले लक्ष्मीलाई घरमा आमन्त्रित गर्न भुइँमा टाँसिएको रंगीबिरंगी रंगोली ल्याउँछन्। तिहारमा भाइटीका लगाएर दिदीबहिनीहरूले आफ्ना दाजुभाइको मंगलकामना साथै दिर्घायुको कामना गर्ने गर्दछन । त्यसैले तिहार एउटा यस्तो पर्व हो जुन परिवार, प्रेम र जीवनका आशीर्वादहरूको कदरसँगै आउँने गर्दछ।
यसको लगतै तराई र मधेसी मुलहरुको छठ पर्व आउँदछ जुन पर्वमा सुर्यको उपासना तथा ब्रत बसि परिवारजनको सुस्वाश्थ्य तथा दिर्घ जिवनको कामना गरिन्छ ।
यसरी शरद ऋत’ भरिनै बिभिन्न चाडपर्वहरु पर्ने गर्दछन, जुन समय हर्षोल्लाश, विजयत्सव मय वातावरण हुने गर्दछ ।