पौष १९ गते २०७७

बन्द विद्यालयहरु खोल्न उच्चस्तरीय समितिको सरकारसँग प्रस्ताव

काठमाडौँ, १९ पुष ।

कोरोना भाइरस (कोभिड-१९) का कारण नौ महिना देखी बन्द भएका विद्यालयहरु खुल्ने भएका छन्। आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी ) निर्देशक समिति०को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो।

बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताए।