पौष २४ गते २०८१

लायन्स क्लब अफ पोखरा हेमजाको १७औ चार्टरनाईट कार्यक्रम सम्पन्न

हेमजा, २४ पुष
लायन्स क्लब अफ पोखरा हेमजाको १७औ चार्टरनाईट कार्यक्रम” मंगलबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै लायन्स ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका सेकेण्ड भाईस डिस्ट्रिक्ट गभर्नर लायन प्रजापति बॉस्तोलाले लायन्स क्लब अफ पोखरा हेमजामा डिस्ट्रिक्टको नेतृत्व गर्न सक्ने अब्बल ब्यक्तिहरु रहेको कारण क्लबले धेरै राम्रा र प्रभावकारी सेवाका कार्यहरु गर्ने गरेको धारणा राख्दै डिस्ट्रिक्टको नेतृत्वमा आउनका लागी सल्लाह दिएका थिए । डिष्टिनगुईज एड्भाईजर लायन मोतीराज तिम्सिनाले हालका अध्यक्ष सरल र समन्वयकारी भएका कारण क्लबले उत्कृष्ट सेवाका कार्य गरेकोमा खुशी ब्यक्त गरे । एसिष्टेन चिफ एड्भाईजर लायन राजेन्द्र बहादुर साप्कोटले क्लबका अन्य साथीहरु पनि जागरुक भएर लाग्न अनुरोध गरे ।
गण्डकी एरियाका चिफ लायन सुर्य बरालले लायन्स क्लब अफ पोखरा हेमजा संग पहिला पनि काम गरेको स्मरण गर्दै पोखराको नमुना क्लब रहेको र डिस्ट्रिक्ट तर्फ गर्नु पर्ने सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता गरे ।
लायन्स क्लब अफ पोखरा अन्नपुर्णका अध्यक्ष लायन गणेश छबिले लायन्स क्लब अफ पोखरा हेमजा संग खानेपानी ट्यांकी सहयोगको कार्यक्रममा समन्वय गर्न पाएकोमा खुशी ब्यक्त गरे ।
प्रथम उपाध्यक्ष लायन दुर्गा प्रसाद पौडेलले स्वागत गरि सुरु भएको कार्यक्रममा ध्वजका अभिवादन द्वितिय उपाध्यक्ष लायन सुरेश कुमार श्रेष्ठले गरे ।
अध्यक्ष लायन सन्तमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लायन मदन पौडेलले गरेका थिए ।