माघ २५ गते २०७७

पोखरा महानगरको आठौँ नगरसभा सुरु


कमल पौडेल अथक
पोखरा २५, माघ
पोखरा महानगरपालिकाको आठौँ नगरसभा आइतबारदेखि पोखरामा शुरु भएको छ । पोखरा सभागृमा शुरु भएको सभामा छ वटा विधेयकहरु, एउटा कार्यविधि, १३ वटा ऐनहरुको संसोधन र चार वटा नियमावलीको संसोधन प्रस्ताव प्रस्तुत गरिएको छ ।
कृषी ऐन २०७७, पोखरा महानगर पुर्वाधार विकास निगम ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, पर्यटन ऐन २०७७ र विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७७, गैर सरकारी संस्था सम्वन्धि विधेयक २०७७ नगरसभामा विधेयकका रुपमा प्रस्तुत गरिएको छ ।
सभामा पोखरा महानगरपालिकाको आर्थिक कार्यविधि ऐन २०७५ ९पहिलो संसोधन विधेयक०, गण्डकी बहुप्राविधिक शिक्षालय ऐन २०७६ ९पहिलो संसोधन विधेयक०, कर तथा गैरकर राजश्व सम्बन्धि ऐन २०७७ ९पहिलो संसोधन विधेयक०, पोखरा महानगरपालिका खेलकुद विकास ऐन २०७५ ९पहिलो संसोधन विधेयक०, सार्वजनिक निजि साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ ९दोस्रो संसोधन विधेयक० र पोखरा महानगरपालिकाको पुर्वाधार विकासलाई व्यवस्था गर्न बनेको ऐन २०७५ ९पहिलो संसोधन विधेयक० पनि पेश गरिने मेयर मानवहादुर जिसीले जानकारी दिएका छन् ।
कृषी व्यवसाय प्रवद्र्धन ऐन २०७४ ९पहिलो संसोधन विधेयक०, पोखरा महानगरपालिका सहकारी ऐन २०७५ ९पहिलो संसोधन विधेयक०, पोखरा महानगरपालिका सुशासन ऐन २०७५ ९पहिलो संसोधन विधेयक०, नगरप्रहरी ऐन २०७५ ९पहिलो संसोधन विधेयक०, पोखरा महानगरपालिका फोहोरमैला व्यवस्थापन ऐन २०७४ ९पहिलो संसोधन विधेयक०, पोखरा महानगरपालिका बालबालिकाको अधिकार व्यवस्थित गर्न बनेको ऐन ९२०७४ पहिलो संसोधन०,पोखरा महानगरपालिकाको न्यायीक समिति ऐन २०७४ ९दोस्रो संसोधन० पनि नगरसभामा पेश गरिएको छ ।
महानगरको ८ औँ नगरसभाले कार्यविभाजन नियमावली ९पहिलो संसोधन०, कार्यसम्पादन नियमावली ९पहिलो संसोधन०, नगर कार्यपालिका निर्णय आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली ९पहिलो संसोधन० र शहरी योजना आयोग नियमावली ९दोस्रो संसोधन० पनि संसोधनका लागि सभामा शोभामोहन पौडेलले पेश गरेका थिए ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा उप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रकाशकीय अधिकृत महेश बराल, विधायन समितिका संयोजक एवं वडा अध्यक्ष शोभामोहन पौडेल, नेपाली काँग्रेसबाबट निर्वाचित वडा अध्यक्ष रामराज लामिछाने लगायतले आ आफ्ना धारणा राखेका थिए । सभा माघ २७ गतेसम्म चल्ने छ ।