असार २२ गते २०८२
शान्ति निकेतनमा बधाइ तथा सम्मान, संस्थागत विद्यालयतर्फ अव्वल नतिजा
पोखरा २२, असार
पोखरा ५ मा प्रस्र्याङमा रहेको शान्ति निकेतन स्कूलले एसइइ २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई शनिवार एक समारोहका बीच बधाई तथा सम्मान गरेको छ । विद्यालयले एसइइ उत्तीर्ण ३९ जना विद्यार्थीलाई एक साथ वधाई तथा सम्मान व्यक्त गरेको हो ।
सर्वोत्कृष्ट नतिजा ४ जीपीए ल्याउने अनुपम पराजुली र निश्चल कोइरालालाई जनही १ लाखका दरले सम्मान गरेको छ । अन्य विद्यार्थीलाइ पनि विद्यालयले खादा माला र मायाको चिनो दिएर सम्मान गरेको विद्यालयले जनाएको छ । विद्यालयका ३९ विद्यार्थीमध्ये विज्ञान विज्ञान विषयमा ३८ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् । त्यस्तै लेखामा २४ जना विद्यार्थी र नेपालीमा २२ जना विद्यार्थीले ४ जीपीए प्राप्त गर्न सफल भएको विद्यालयले जनाएको छ ।
सो अवसरमा विद्यालयले ४ जीपीए ल्याउने विद्यार्थीका विषयगत शिक्षकलाई पनि हौषला स्वरुप नगद सहित सम्मान गरेको छ ।
स्कूलका २ जना विद्यार्थीले सर्वोत्कृष्ट ४ जीपीए, ३२ जनाले उत्कृष्ट र ५ जनाले सन्तोषजनक नतिजा हाँसिल गरेका छन् । विद्यालयको एभरेज नतिजा ३.७५ भन्दा माथि रहेको विद्यालयका संस्थापक प्रीन्सिपल डा. महेश्वर पराजुलीले जानकारी दिएका छन् । माथिल्लो नतिजा ४ जीपीए र तल्लो ३.१६ भएको उनले जानकारी दिए ।
गत वर्ष एक जनाले ४ जीपीए ल्याएको वताउँदै यो वर्षको नतिजा विगतको भन्दा राम्रो रहेको वताए । अनुभवि शिक्षक, शिक्षिका, अविभावकको निरन्तर खवरदारी र चासो तथा विद्यार्थीको मेहनतले गर्दा विद्यालयले उचाई हाँसिल गर्न सफल भएको उनले दावी गरे ।
सो अवसरमा वोल्दै शिक्षा विकास समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले कास्कीका संस्थागत विद्यालयहरुमा शान्ति निकेतन स्कूलको नतिजा उत्कृट रहेको वताए । उनले विद्यार्थीले लव्धाङकमा जसरी अंक ल्याएका छन् घर, परिवार र छिमेकमा पनि उनीहरुको व्यवहार उत्कृष्ट झल्किनु पर्ने वताए ।
विद्यालयका अविभावक एवं रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथकले शान्ति निकेतनको नतिजा पोखराका संस्थागत विद्यालय मध्ये अव्वल रहेको वताए । उनले आगामी दिनमा यो नतिजा कायम राख्दै थप प्रगति पथमा लम्किन विद्यालय परिवारलाई आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भूत्र्यालको अध्यक्षतामा भएको कार्यक्रममा वाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, विद्यालयका सल्लाहकार सोमनाथ भूत्र्याल, समाजसेवी हेडम्वप्रसाद कोइराला, सहायक प्रीन्सिपल यदूविलास भूत्र्याल, विद्यार्थीद्धय अनुपम पराजुली निश्चल कोइराला र समाजिक विषयका शिक्षक हेम सुवेदी लगायतले विद्यालयको प्रगति र नतिजाको वारेमा प्रसंशा गरेका थिए ।