मंसिर १४ गते २०७९
पोखरामा सातौं पर्वतीय महोत्सव मंसिर २४ र २५ गते
काठमाडौं, १४ मंसिर । पोखरामा ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ र २५ गते हुने भएको छ । राष्ट्र संघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि बर्सेनि पर्वतीय महोत्सव मनाउन थालेको हो ।
दुई दिन हुने महोत्सवमा पर्वतीय वातावरण, जैविक विधिता, प्राकृतिक स्रोत लगायतका विशेषमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइएको आयोजकले जनाएको छ । साथै, पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिने महोत्सवका मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले जानकारी दिए ।
‘पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा पर्वतारोहण क्षेत्रका विज्ञहरुको उपस्थितिमा बृहत छलफल पनि हुनेछ,’ संयोजक पाण्डेले भने, ‘यसले पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवनस्तर उकास्न पनि सहयोग गर्ने विश्वास लिएका छौं ।’
महोत्सवमा हिमाली क्षेत्रका परिकारसहित पर्वतीय क्षेत्रमा हुने खेललाई पनि प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।