कार्तिक २३ गते २०८१

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु

कार्तिक, २३ पोखरा ।
चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा। प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी भेसराज रिजालले जानकारी दिए ।

हायसमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।