फागुन १५ गते २०७७
अबको सरकार प्रचण्ड-नेपाल नेतृत्वमा बन्छ :भट्टराई
सुनसरी,१५ फागुन ।
नेकपा – (दाहाल नेपाल )समूहका केन्द्रीय सदस्य योगेश भट्टराईले नयाँ बन्ने सरकार आफ्नो दलको नेतृत्वमा बन्ने बताएका छन् । संसद बैठक शुरु भएसँगै नयाँ सरकार निर्माणको कार्य शुरु हुने जानकारी दिए ।
दाहाल-नेपाल समूह निकट प्रेस संगठन नेपाल १ नम्बर प्रदेशको दोस्रो भेलालाई शनिवार सुनसरीको ईटहरीमा सम्बोधन गर्दै भट्टराईले संचार नीतिमा व्यापक परिवर्तन गर्ने आवश्यकता रहेको दाबी गरे ।अब बन्ने नेकपाको सरकारले प्रेसलाई नियन्त्रणमुखी नियम, नीति नल्याउने पनि प्रष्ट पारे । प्रेस संगठन इन्चार्ज समेत रहेको भट्टराईले पार्टी भित्र सांगठनिक र बैचारिक बहस चलाउन नस्कदा पुस ५ मा संविधानलाई ‘कु’ गर्ने काम भएको समेत बताए ।