भारत र चीनमा ‘ओमिक्रोन’ भेरियन्ट भेटिए संगै नेपालमा संक्रमणको जोखिम बढ्यो
काठमाडौँ, २८ मंसिर । चीनमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ।
उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेका हुन् । विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि भएको चिनियाँ अधिकारीले बताएका छन् । हाल क्वारेन्टाइनमा राखेर संक्रमित व्यक्तिको उपचार भइरहेको छ ।
पहिलो पटक दक्षिण कोरियामा पहिचान गरिएको ओमिक्रोन चीनसहित हालसम्म ६० भन्दा मुलुकमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ‘चिन्ताजनक भेरियन्ट’ भनिसकेको ओमिक्रोनबाट बेलायतमा एकजनाको मृत्यु भएको छ ।
ओमिक्रोन कति संक्रामक छ, यसले संक्रमितलाई गम्भीर अवस्थामा पुर्याउँछ वा पुर्याउँदैन र खोपले काम गर्ने वा नगर्नेबारे अझै पूर्ण विवरण आइसकेको छैन ।
भारतमा……..
भारतमा दुईजनामा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । कर्नाटक राज्यमा बिहीबार दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण देखिएकामध्ये ६६ वर्षका पुरुष दक्षिण अफ्रिकाबाट फर्केका र अर्का ४६ वर्षका पुरुष भने स्थानीय रहेको मन्त्रालयको भनाइ छ । संक्रमित दुवैजनामा ज्वरोको लक्षण देखिएको छ ।
भारतमा नयाँ भेरियन्ट देखिएसँगै उच्च सतर्कता अपनाइएको सञ्चारमाध्यमहरूले जनाएका छन् । सबै सहरमा कोभिड परीक्षण तीव्र पारिएको छ । परीक्षणका क्रममा पजिटिभ देखिएकामा जिन सिक्वेन्सिङ भइरहेको छ । योसँगै भारतले आवतजावतमा पनि कडाइ सुरु गरेको छ । बुधबारदेखि लागू हुने गरी भारतले उच्च जोखिम भएका देश बेलायत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, बंगलादेश, हङकङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गर्ने निर्णय गरेको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एयरपोर्टमा परीक्षण अनिवार्य गरिने र रिपोर्ट नआउँदासम्म विमानस्थलबाट बाहिरिन रोक लगाइएको छ ।
नेपालमा संक्रमणको जोखिम बढ्यो हालसम्म ३० देशमा ओमिक्रोन फैलिएको छ । विभिन्न देशका तीन सय ७५ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा कोभिडको नयाँ भेरियन्ट देखिएसँगै नेपालमा संक्रमणको जोखिम बढेको चिकित्सकहरूले बताएका छन् ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोभिडको पहिलो र दोस्रो लहरमा भारतबाट नेपाल भित्रिएकाले यसपटक पनि जोखिम बढ्न सक्ने बताए । अघिल्लोचोटि सीमानाकामा परीक्षणमा कडाइ नगर्दा संक्रमणले महामारीको रूप लिएकाले सावधान रहन अतिआवश्यक भएको उनको भनाइ छ । ‘यो भाइरसबारे अझैसम्म पर्याप्त जानकारी छैन । हरेकपल्ट कोभिडले फरक स्वरूप देखाइरहेकाले यकिन प्रमाण नहुन्जेलसम्म अनुमान गर्न सकिँदैन । तसर्थ, नाका र एयरपोर्टमा परीक्षणको दायरा बढाउनुपर्ने चुनौती थपिएको छ । संक्रमण भित्रिन नदिनु नै अहिलेको मुख्य विकल्प बन्न सक्छ,’ पुनले भने ।
जिन सिक्वेन्सिङ नियमित भइरहे पनि हालसम्म नेपालमा भने ओमिक्रोन पुष्टि नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने विदेश भ्रमण नगर्न सुझाव दिएको छ । नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावना बढेको भन्दै मन्त्रालयले नाका र एयरपोर्टमा सतर्कता बढाइएको उल्लेख गरेको छ । नयाँ भेरियन्ट भेटिएको मुलुकबाट आउने यात्रुलाई विमानस्थलमै हेल्थ डेस्क राखेर परीक्षण गर्ने र क्वारेन्टिनमा राख्ने क्रम थालिएको मन्त्रालयले जनाएको छ ।
डा. शेरबहादुर पुन : वरिष्ठ सरुवारोग विशेषज्ञ
ओमिक्रोन भाइरसबारे अझैसम्म पर्याप्त जानकारी छैन । हरेकपल्ट कोभिडले फरक स्वरूप देखाइरहेकाले यकिन प्रमाण नहुन्जेलसम्म अनुमान गर्न सकिँदैन । त्यसैले नाका र एयरपोर्टमा परीक्षणको दायरा बढाउनुपर्ने चुनौती थपिएको छ । संक्रमण भित्रिन नदिनु नै अहिलेको मुख्य विकल्प बन्न सक्छ ।
काठमाडौं, ८ जेठ । पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने...
Read More
वैशाख ११ चितवन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठुला विकास निमाणका आयोजना अघि बढेको बताउनुभएको छ । नेपालमा लोकतन्त्र स्थापनाको अवसरमा भरतपुर १२ धनगढा मन्दिर परिसरमा आयोजना...
Read More
पोखरा, असौज ४ । अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा रोग पनि होईन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै आज पोखरामा पनि बिश्व अल्जाईमर...
Read More
काठमाडौँ,८ फागुन । सरकारसँग वार्ता र संवादका लागि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सकारात्मक रहेको जनाएको छ । सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा...
Read More