चैत्र १ गते २०७८

समाजशास्त्रीको बिदाइ कार्यक्रम


पृथ्वीनारायण क्याम्पस पोखरामा समाजशास्त्रको अध्यापन गराउदै आउनुभएका डा बिश्वकल्याण पराजुलीको बिदाई कार्यक्रम भएको छ । सो क्याम्पसमा समाजशास्त्र बिभाग खडा गर्ने डा पराजुली बिगत ३० वर्ष देखी सोही बिभागको प्रमुख भएर अध्यापन गर्दै आउनुभएको थियो । पोखरा, सिम्पानी निबासी डा पराजुलीले सो बिदाइ समारोहलाई सम्बोधन गर्दै आफ्नै बाबुबाजेको पुख्र्यौली भूमीमा खडा भएको क्याम्पसमा घुडा टेक्दा देखी नै आएको र अवका दिनमा चाहे औपचारिक रुपमा होस वा अनौपचारिक रुपमा ८० वर्षको उमेर सम्म पनि समेत आउन पाइरहोस भन्ने आशा ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथीको तर्फबाट पृथ्विनारायण क्याम्पस प्रमुख सरोज कोइरालाले डा पराजुली आफ्नो पनि गुरु भएको र उहाले सम्हालेको समाजशास्त्र बिभागमा उहाको योगदान प्रसस्त भएको उल्लेख गर्नुभयो । कार्यक्रममा डा पराजुलीको ब्याक्तित्व माथी सोही समाजशास्त्रका अर्का प्रध्यापक डा रामचन्द्र बरालले प्रकास पार्नुभएको थियो भने कार्यक्रममा समाजशास्त्रको तर्फबाट शिव थापा तथा मानवशास्त्र संकायको तर्फबाट अर्जुन पोख्रेल तथा अन्य प्राध्यापक, बिद्यार्थी समेतले डा पराजुलीको योगदान र ब्याक्तित्व बारे चर्चा गर्नुभएको थियो । समाजशास्त्र बिभाग कै अर्का गुरु शिवजी गुरुड.ले सञ्चालन गर्नुभएको सो कार्यक्रममा बिभिन्न संकायका गुरुहरु साथै एम ए समाजशास्त्र पहिलो सेमीस्टारका अधिकांस बिद्यार्थी र समाजशास्त्रका अरु बिद्यार्थी समेतको उपस्थिती थियो । कार्यक्रमको अन्त्यमा बिदाई हुन गईरहनु भएका प्राध्यापक डा बिश्वकल्याण पराजुलीलाई टोकन अफ लभ तथा दोसल्ला ओढाएर बिदाई गरिएको थियो । पृथ्विनारायण क्याम्पस, बिज्ञान संकायको हलमा भएको सो बिदाई कार्यक्रमको अन्त्यमा बिद्यार्थी द्धारा ल्याइएको केक काटी आफ्ना आदरणिय गुरुको औपचारिक बिदाई कार्यक्रम सम्मन्न भएको थियो ।