पौष २७ गते २०७७

जापानबाट सहारा एकेडेमीका वालकहरुलाई जर्सी सेट प्राप्त


पोखरा २७, पुष ।

पोखराको सहारा एकेडेमीका वालकहरुलाई जापानबाट जर्सी सेट सहयोग प्राप्तभएको छ । जापानको सामाजिक संस्था एन.पि.ओ.गोजो हिरोकी इकेदा ग्रुपलेसहारा एकेडेमीका वालकहरुको लागि ४६ थान जर्सी सेट र २४ थान टिसर्ट सहयोगहस्तान्तरण गरेको हो ।

ग्रुपका नेपाल संयोजक रोशन तुलाधरले सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापा, उपाध्यक्ष एवं सहारा एकेडेमीका संयोजक विश्वराज बराललाई उक्तसहयोग एकेडेमीमै पुगेर सोमबार हस्तान्तरण गरेका हुन्। सहारा एकेडेमीमा हाल करिब १३ जिल्लाका २३ जना वालकहरु रहेको क्लवले जनाएको छ ।