भाद्र ३१ गते २०७७

कृष्ण प्रणामी बृद्धा आश्रममा बेल्जियमबाट सहयोग

सयले पाँखाको कृष्ण प्रणामी बृद्धा आश्रममा बेल्जियमबाट सहयोग
पोखरा, भाद्र ३१

पोखरा महानगरपालिका वडा नं. २७ सयले पाँखामा रहेको कृष्ण प्रणामी बृद्धा आश्रममा बुधबार खाद्यान्न, लत्ता कपडा तथा नगद सहयोग प्रदान गरिएको छ ।
आश्रमका जेष्ठ नागरिकलाई मादी गाउँपालिका १० घर भै हाल पोखरा चायापानीमा बसोबास गर्ने बैदेशिक रोजगारीको शिलशिलामा बेल्जियम रहेका राजेन्द्र गुरुङ्ग र उनकी पत्नि दया कुमारी सिग्देलले सहयोग गरेका हुन ।
गुरुङ्गले आफ्नी स्वर्गिय आमा क्रोहस्यो गुरुङ्गको स्मृतिमा आश्रमका जेष्ठ नागरिकलाई दाल चामल सहितको खाद्यान्न सामाग्री, १३ थान ब्लाङ्केट र नगद १२ हजार ९ सय सहित झण्डै ६५ हजार रुपैया बराबरको सहयोग गरेका हुन ।
बेल्जियमबाट पठाएको सहयोग आश्रमका अध्यक्ष दुर्गा प्रसाद गौतमलाई सहयोगदाता गुरुङ्गका आफन्त नारायण गुरुङ्ग, बिना गुरुङ्ग, कल्पना गुरुङ्ग र श्याममाया गुरुङ्गले हस्तान्तरण गरेका थिए ।
त्यसक्रममा नारायण गुरुङ्गले विषम परिस्थितिका कारण आश्रममा आइपुगेका जेष्ठ नागरिकलाई आफन्तको स्मृतिमा गरिएको सहयोगले केही समय भएपनि सहज जीवन यापनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
आश्रमका अध्यक्ष गौतमले कठिन परिस्थितिमा रहेका जेष्ठ नागरिकलाई यस्ता सहयोगले हामीलाई हेर्ने पनि कोही छन् है भन्ने विश्वास जागेको उल्लेख गरे । कार्यक्रममा स्थानीय समाजसेवी मोहम गुरुङ्ग, गोविन्द बास्तोला, बुद्धिसागर पोखरेल लगायतको सहभागिता रहेको थियो ।