चैत्र ५ गते २०७७

भाडा नबढाए सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको चेतावानी

काठमाडौं,५ चैत ।

सार्वजनिक यातायातको भाडा नबढाए यातायात सञ्चालन गर्न नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् ।उनका अनुसार २०६९ सालदेखि सरकारले अहिलेसम्म सार्वजानिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायीले भाडा बढाउन माग गरेका हुन् ।

गाडीको पाटपूर्जा ६५ प्रतिशत र पेट्रोलियम पदार्थको ३५ प्रतिशत मूल्य वृद्धि हुँदा सार्वजनिक यातायातको भाडा भने यथास्थिति हुनु वैज्ञानिक नभएको सिटौला बताउँछन् ।यदि सरकारले भाडा नबढाए आफूहरुले सार्वजानिक यातायात ठप्प पार्ने उनले चेतावानी समेत दिएका छन् ।