भाद्र १६ गते २०८३

हेमजा उद्योग व्यवसाय समितिको तेस्रो स्थापना दिवसमा खुल्ला रक्तदान तथा रक्त परीक्षण कार्यक्रम सम्पन्न

पोखरा, भाद्र १४
हेमजा उद्योग व्यवसाय समिति, पोखरा २५ कास्कीको तेस्रो स्थापना दिवसको अवसरमा आयोजना गरिएको खुल्ला रक्तदान तथा रक्त परीक्षण कार्यक्रमू भव्य रूपमा सम्पन्न भएको छ।
पोखरा(२५ हेमजा नहरचोकस्थित ग्रिन हाउस पार्टी प्यालेसमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। २५ का वडा सदस्य कृष्ण बहादुर कुँवरले प्रथम रक्तदाता कृष्णराज पोखरेललाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो।
उद्घाटनपश्चात् मन्तव्य राख्दै प्रमुख अतिथि कुँवरले हेमजा उद्योग व्यवसाय समितिले व्यावसायिक प्रवर्द्धनसँगै उत्कृष्ट सामाजिक कार्य गरेको धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ूहाम्रा बाबु(नानीहरूलाई सानैदेखि सामाजिक कार्यतर्फ अग्रसर गराउनु आवश्यक छ। समाजमा निःस्वार्थ रूपमा सामाजिक कार्य गर्नेहरूलाई सके सहयोग गरौँ, नसके नबुझी विरोध गर्ने नगरौँ।ू
उहाँले भन्नुभयो, ूसमाजमा केही राम्रो र सामाजिक कार्य गरौँ भन्ने व्यक्तिको कुरा नै नबुझी सधैँ विरोध मात्र गर्ने परिपाटीले गर्दा आगामी दिनमा सामाजिक कार्यमा खट्ने व्यक्तिहरूकै खडेरी पर्ने सम्भावना बढेर गएको छ। त्यसैले सकारात्मक सोचका साथ सबै मिलेर अघि बढ्नुपर्छ।ू
कार्यक्रमको अवसरमा आर। सी। प्याथोलोजिका प्रोप्राइटर एवं संस्थाका आजीवन सदस्य रामचन्द्र पौडेलको प्रायोजनमा सहभागीहरूका लागि ब्लड सुगर  तथा ट्राइग्लीसराइड  परीक्षण निःशुल्क र अन्य सम्पूर्ण परीक्षणमा ५० प्रतिशत सहुलियत छुटको व्यवस्था मिलाइएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी पोखरा(२५ का अध्यक्ष देवी प्रसाद अधिकारी, टोल समन्वय समितिका अध्यक्ष दीपक थापा तथा महिला सञ्जाल पोखरा(२५ की अध्यक्ष उमा भुर्तेल पौडेलले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै सामाजिक कार्यमा सहकार्य जारी राख्ने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष तथा समितिका अध्यक्ष मिनराज तिमिल्सिनाले कुनै पनि संस्था समाजसँगको सहकार्य बिना अगाडि बढ्न नसक्ने उल्लेख गर्दै समाजले अपनत्व ग्रहण गरेका संस्थाहरू मात्र दिगो रूपमा सञ्चालन हुन सक्ने धारणा व्यक्त गर्नुभयो।
शुभेच्छा नेपाल पोखरा २५ को वित्तीय सहयोगमा सम्पन्न उक्त कार्यक्रममा आर। सी। हेल्थ क्लिनिक ९रामबजार० र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीले प्राविधिक सहयोग पुर्‍याएका थिए।
कार्यक्रममा उपाध्यक्ष राजेन्द्र प्रसाद बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन महासचिव तीर्थराज देवकोटाले गर्नुभएको थियो। सो अवसरमा रक्तदान गरी अमूल्य जीवन बचाउने पुनित कार्यमा सहभागी सम्पूर्ण रक्तदाताहरूलाई धन्यवादसहित प्रमाण-पत्र प्रदान गरिएको थियो।