माघ ३ गते २०७७
नागरिक एपप्रति प्रयोगकर्ताको विशेष आकर्षण
काठमाडौं,३ पुष । सरकारले ल्याएको नागरिक एपप्रति प्रयोगकर्ताको विशेष आकर्षण देखिएको छ । सार्वजनिक भएको २४ घण्टामै एन्ड्रोइडमा एपको डाउनलोड संख्या एक लाख १० हजार नाघेको छ । शुक्रबार दिउँसो सार्वजनिक भएको एपको डाउनलोड संख्या शनिबार बिहान मात्र १० हजार कटेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको एप डेभलपर टोलीले शनिबार बेलुका एपको डाउनलोड संख्या एक लाख १० हजार पुरा भएको जानकारी दिएको छ ।
नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण सम्बन्धित निकायको सिस्टममा रहेको विवरणसँग मेल नखाएको तथा अर्कैको नाममा रहेको सिमकार्ड प्रयोग गरेका कारण धेरैजसोको विवरण प्रमाणीकरण सफल नभएको बताइएको छ ।
सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ सरकारले नागरिक एप ल्याएको हो । हाल यो एपमा स्थायी लेखा नम्बर ९प्यान० लिन सकिने सुविधा मात्र उपलब्ध छ । अन्य सेवा क्रमशः थप गर्दै लैजाने योजना रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उल्लेख गरिसकेका छन् ।
एपमा खाता खोल्न प्रयोगकर्तासँग आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । एपमा राखेको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी कोड राखेर प्रमाणीकरण गराइसकेपछि नागरिकता, राहदानी वा मतदाता परिचयपत्रको विवरण एपमा राख्नुपर्ने हुन्छ ।