माघ २३ गते २०७७

सेनाका उपसेनानी पक्राउ

सुनसरी,२३ माघ ।

सेनाको उपसेनानी (लेफ्टीनेण्ट)को नाममा ठगेको आरोपमा एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी बजारक्षेत्रमा सर्वसाधारण तथा व्यापारीलाई रेड मर्करीको व्यापारमा फाइदा हुन्छ भन्दै ठगी गर्दै हिँडेका पर्सा ठोरी–५ का २८ वर्षीय शिवकुमार कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । प्रहरीले इटहरी–६ सामुदायिक अस्पताल अगाडिबाट नेपाली सेनाको कम्ब्याट पोसाक लगाएकै अवस्थामा पक्राउ गरेको हो ।