असार ३० गते २०८१

मानवसेवा आश्रम हेमजामा बृहत बृक्षारोपण (फोटो फिचर)

पोखरा,२९ असार ।

मानवसेवा आश्रम हेमजामा बृहत वृक्षरोपण गरिएको छ । शनिबार लायन्स क्लबस् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत गण्डकी क्षेत्रका लायन्स क्लबहरुको संयुक्त आयोजनामा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको गण्डकी एरिया चिफ सूर्य प्रसाद बराल ले जानकारी दिए ।
ट्रि प्लान्टेशन चिफ बलराम बराल को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गर्भनर मिलन थापा बिशेष अतिथि मल्टिपल ड्रिष्ट्रिक कन्भेनसन चियर पर्सन धु्रव बहादुर थापा अतिथिहरुमा द्वितिय भाइस डिष्ट्रिक गर्भनर प्रजापति बाँस्तोला कोषाध्यक्ष कल्पना थापा एलएलडब्लु चिफ बिना गुरुङ्ग एन एल एफ चिफ राजु श्रेष्ठ रहेका थिए ।

‘वातावरणीय स्वच्छता र भूसंरक्षणका लागि वृक्षरोपण’ नाराका साथ कार्यक्रम आयोजना गरिएको डिष्ट्रिक्टले जनाएको छ । डिष्ट्रिक्ट गभर्नर मिलन थापाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत वृक्षरोपणलाई प्राथमिकतामा राखेको कुरा बताउनुभयो साथै देशमा भइरहेको बर्षका कारण बिभिन्न ठाउँमा भएको बाढि र जनधनको क्षतिलाई मध्यनजर गर्दै डिष्ट्रिकले डिजाष्टर फन्ड खोलेको र सम्पूर्ण लायन्सहरुलाई आ आफ्नो तर्फवाट सहयोग को अपिल गर्नुभएको छ । साथै सम्भव भएका स्थानहरुमा उद्वार तथा मानविय सहयोगका लागी अनुरोध गर्नुभएको छ । कार्यक्रममा उठेको रकम मध्य रु २०००० मानव सेवा आश्रमका लागी हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा २६ वटा लायन्स क्लव तथा लियो क्लव अफ पोखरा हेम्जा गरी २७ क्लवको उपस्थिति रहेको र यसपालि १०० भन्दा बढि फलफुलका बिश्रवा रोपिएका कुरा ट्रि प्लान्टेशन चिफ बलराम बरालले दिनुभयो । डिष्ट्रिक क्याविनेट सेक्रेटरी कृष्ण बहादुर अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो भने गण्डकी एरिया चिफ सूर्य प्रसाद बरालले स्वागत तथा ट्रि प्लान्टेशन चिफ बलराम बराल ले धन्यवाद ब्यक्त गर्नुभएको थियो ।