असाेज १० गते २०७६

छानविन समिति भन्दछ- मेयर राणालाई कार्वाही गर

नेपालगन्जबाट दैलेख लैजानेक्रममा २४ गाईगोरु मारिएको घटनामा लापरबाही गरेको भन्दै सिडिओ, नगरपालिकाका मेयर र कार्यकारी अधिकृतमाथि कारबाही गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले यो घटना नियोजित हत्या नभई लापरबाहीको उपज भएको बताएको छ ।

उपसचिव सागरमणि पाठक नेतृत्वको छानबिन समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । नगर प्रहरीदेखि मेयरसम्मको लापरबाहीका कारण सो घटना भएको छानबिन समितिको ठहर छ । लापरबाही गर्ने बाँकेका तत्कालीन सिडिओ मदन भुजेल, महानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल तथा धवलशमशेर राणामाथिसमेत विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ ।आजको नया पत्रिका बाट।