चैत्र १० गते २०७८

राष्ट्रिय आविस्कार केन्द्र र गण्डकी विश्व विद्यालय बीचमा सम्झौता


कमल पौडेल अथक
पोखरा ९, चैत
राष्ट्रिय आविस्कार केन्द्र र गण्डकी विश्व विद्यालयका बीचमा बुधवार सम्झौता भएको छ । विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कसरी स्ववलम्वी बनाउने भन्ने वारेमा सो सम्झौता भएको हो ।
संम्झौतामा विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङ र आविस्कार केन्द्रको तर्फवाट महाबीर पुनले हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा वोल्दै गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले सम्झौताले आविस्कार केन्द्र र गण्डकी विश्व विद्यालयका योजनालाई थप मजवुत वनाउन सघाउने वताए । उनले समाजमा खोज अनुसन्धान गर्नु पर्ने कुरा थुपै्र भएकोले सम्झौतालाई सार्थक वनाउन आग्रह गरे ।
सम्झौताले विद्यार्थीहरुको पठन पाठन, अनुसन्धान, कृषि क्षेत्रका समस्या पहिचान र निधान लगायतका सवालमा सहयोग पुग्ने कुलपति गुरुङले वताए ।
सो अवसरमा बोल्दै आविस्कार केन्द्रका महाबीर पुनले खोज अनुसन्धानले नै जीवन र जगत पत्ता लगाउन सकिने वताए । गण्डकी विश्वविद्यालयमा हाल १ सय ६० जान विद्यार्थी अध्ययनरत रहेको रजिष्टार कैलाश तिमिल्सिनाले जानकारी दिएका छन् ।