वैशाख २५ गते २०७९
पोखरामा पाँचदलीय गठवन्धनको चुनावी सभा, अहिलेको गठवन्धन कांग्रसकोलागि आवस्यक; देउवा
कमल पौडेल अथक
पोखरा २५, बैशाख
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अहिलेको गठवन्धन कांग्रेसको लागि आवस्यक भएको वताएका छन् । पाँच दलीय गठवन्धनको चुनावी आम सभालाई आइतवार पोखरामा सम्वोधन गर्दै उनले सो कुरा वताएका हुन् ।
उनले भने उहाँहरुले हामीलाई सत्तामा पुर्याउनु भयो, मुख्यमन्त्री वनाउनु भयो, मन्त्री वनाउनु भयो उहाँहरु गठवन्धनका सहयात्रीलाई मतदान गर्नु कांग्रेसको कर्तव्य भएको उनले वताए । उनले भने कांग्रेसले कसैलाई धोखा दिनु हुँदैन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठवन्धनलाई जिताए लोकतन्त्र र गणतन्त्रले जित्ने वताए । अन्यथा देशमा प्रतिगमन हावी हुने उनको भनाई थियो ।
यस्तै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठवन्धन अहंकारी केपी ओलीको विरुद्ध भएको वताए । उनले प्रतिगमनका विरुद्ध भएको गठवन्धनलाई देश भरि जिताउन कार्यकर्तालाई आग्रह गरे ।
कांग्रेस कास्कीका सभापति किशोरदत्त वरालको अध्यक्षतामा भएको कार्यक्रममा मेयरका उमेद्वार धनराज आचार्य, उपमेयरका उमेद्वार कोपिला रानाभाट, माओवादी केन्द्रका कास्की अध्यक्ष वखानसिंह तमु लगायतले वोलेका थिए ।
यता विगतमा कांग्रेस एक्लैले आयोजना गर्ने आमसभामा पोखराको अमरसिंह चौर भरिभराउ हुने गरेको थियो । तर आइतवार पाँच दलीय गठवन्धनले आयोजना गरेको चुनावी सभामा आधा चौर खाली रह्यो । अन्तिम चुनावी सभा भएकोले यो आमसभाले कास्कीको चुनावी परिणामलाई समेत दखल दिन सक्ने अनुमान गरिएको थियो । तर चुनावी सभाको उपस्थिति अत्यन्तै थोरै भएपछि गठवन्धनका दलहरु पोखरामा झस्किएका छन् ।
केन्द्रीय नेताहरु हामी दाङ र धनगढी जानु छ भन्दै थोरै थोरै समय वोलेर वाहिरिएपछि अमरसिंह चौरको चुनावी सभामा सन्नाटा छाएको थियो ।
यता चर्को घाममा आयोजना गरिएको चुनावी सभामा पत्रकारहरुको दीर्घा समेत गठवन्धनले वेवास्ता गर्दा रिपोटिङमा पुगेका पत्रकारहरुले समेत सास्ती खेप्नु परेको थियो । पत्रकारलाई निश्चित स्थान तोकेर वस्ने व्यवस्था मिलाउनु पर्नेमा आयोजकले नै वेवास्ता गरेपछि पत्रकारहरु जथाभावि रुपमा चर्को घामको प्रवाह नगरी रिपोटिङ गर्न बाध्य भएका थिए ।