भाद्र १२ गते २०७८
डेढ महिना पुग्यो देउवा सरकार तर मन्त्रिपरिषदले पाएन पूर्णता
काठमाडौं, १२ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पार्टीको कार्यक्रम भन्दै काठमाडौंबाहिर गएपछि मन्त्रिपरिषद विस्तार अझै धकेलिएको छ । असार २९ गते सर्वोच्च अदालतको परमादेश बमोजिम प्रधानमन्त्री नियुक्त भएका शेरवहादुर देउवाले डेढ महिना भइसक्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । साउन ३ गते देउवाले विश्वासको मत पाएका थिए । सरकारले अध्यादेशमार्फत नेकपा एमाले विभाजन गरेपछि अब स्थायित्वमा पनि समस्या छैन । डेढ महिनादेखि प्रधानमन्त्रीसहित चार मन्त्रीका भरमा सरकार चलेको छ । सरकारले एमाले सरकारले ल्याएको बजेटमा परिमार्जन गरि प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ ।
तर प्रायः सबै मन्त्रालय नेतृत्वविहीन हुँदा परिमार्जित बजेटमा मन्त्रालयका नीतिगत योजनाहरु परिमार्जन गर्न समेत समस्या भएको छ । माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाए लगत्तै मन्त्रिपरिषद विस्तार गरिने भने पनि जसपा अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई काठमाडौं बाहिर गएका कारण मन्त्रालय बाँडफाँडमा टुंगो नलागेको स्रोतले जनाएको छ ।