पौष २२ गते २०७७
मुक्तिनाथ दर्शनका लागि खुला
पोखरा, २२ पुस ।
कोरोनाको कारण बन्द रहेको पवित्र धार्मिकस्थल मुक्तिनाथ १० महिनापछि संचालनमा आएको छ । गत वर्ष चैतदेखि बन्द हुँदैआएको मुक्तिनाथ भक्तजनका लागि खुला गरिएको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले मुस्ताङी सहयोगले मुक्तिनाथधाम दर्शनका लागि खुला भएको बताए ।
मुक्तिनाथ विकास समितिको निर्देशनमा कोरोना रोकथाम तथा प्रतिकार्यका लागि विदेशी पर्यटकलाई ७२ घण्टे पिसिआर रिपोर्ट अनिवार्य गरेको छ भने आन्तरिक पर्यटकले कोभिड–१९ विरुद्ध आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ ।