जेठ १९ गते २०७९

पोखराका मेयर आचार्यको केक काण्ड सामाजिक सञ्जालमा छताछुल्ल, महानगरको लोगो अंकित केक काटेर गोत्र हँसाएको भन्दै आलोचना


कमल पौडेल अथक
पोखरा १९, जेठ
पोखरा महानगरपालिकाका नव निर्वाचित मेयर धनराज अचार्यले दुई दिन अगाडि एउटा विज्ञप्ति सामाजिक सञ्जालमा सार्वजनिक गरे ।
जहाँ उनले उद्घाटन गर्ने, केक काट्ने र रिवन काट्ने कार्यक्रममा वोलाएर जनताको काममा मलाई नअल्झाउन आग्रह गर्दछु भनेका छन् । उनले निकालेको विज्ञप्तिको पोखरेली जनताले सामाजिक सञ्जाल मार्फत खुवै स्वागत गरे ।

तर सोही विज्ञप्ति निकालेको मसी सुक्न नपाउँदै उनै मेयर धनराज आचार्यले पोखरा महानगरपालिकाका एक कर्मचारीको जन्मदिनको अवसरमा हेमानको केक काटेको तस्वीर वुधवार साँझ भाइरल वन्यो ।सो केकमा महानगरको लोगो अंकित गरिएको सामाजिक संञ्जालमा देखिन्छ ।आफैले नगर्ने भनेको काम गरेपछि मेयर आचार्यको अहिले निकै आलोचना भएको छ । केक त काटे–काटे । त्यसमा पनि महानगरपालिकाको लोगो अंकित केक काटेर राष्ट्रकै वेइज्जत गरे सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ ।
नेपाली कांग्रेस कास्कीका सचिव टुवराज वास्तोलाले लेखे मेयर साब तपाइँ गठवन्धनको बलमा मेयर बनेको कुरा घाम जत्तिकै छर्लङग छ, तपाइँलाई बधाई ।तर मेयर भएँ भन्दैमा पदको दुरुपयोग गर्ने हर्कत कांग्रेसलाई स्वीकार्य छैन उनले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । बास्तोला त एक प्रतिनिधि पात्र मात्र हुन उनी जस्ता थुप्रै पोखरेली र देश विदेशमा रहेका नागरिकहरुले अहिले मेयर आचार्यको हर्कतको तिब्र आलोचना गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको तर्फवाट पोखराको मेयरमा टिकट हत्याउन सफल वनेका धनराज आचार्य विशेष गरी गठवन्धनका पाँच दल र त्यसमा पनि नेपाली कांग्रेसको मतले विजयी भएका थिए । उनलाई मेयर जिताउनको लागि कांग्रेसले पोखरामा आफ्नो मेयर पदलाई तिलाञ्जली दिएको थियो । अहिले उनै कांग्रेसीहरुको समेत मन दुखाउने हर्कत उनै धनराजले गरेका छन् । पद वहाली गर्दा पोखराको हल्लन चोकमा लाखौंको बेगमवेली फूल रोपेर चर्चामा आएका थिए । बेगमबेली फूल सडकको बीचको डिभाइडरमा रोप्नु उपयुक्त थिएन । किनकी त्यो फूल लहरेजातको थियो । यदि फूल बढेको भए त्यही फूल सडकको लागि घाँडो वन्ने अवस्थामा थियो ।
त्यसको केही दिनमा त्यो फूल चोरी भएको थियो । पोखराका सडकका खाडल पूर्न छोडेर लाखौको फूल सडकमा रोप्दा यस्तै हुन्छ पोखरेलीले सामाजिक संञ्जालमा भनेका थिए ।
मेयरले सार्वजनिक बाटोमा फूल रोप्न भन्दा बरु त्यो पैसाले पोखरामा खाल्टा परेको सडक टालेको भए कति मानिस लाभान्वित हुने थिए उनीहरुले भनेका छन् ।उसो त मेयरको उमेद्वार हुँदा कांग्रेसले भोट देलान् कि नदेलान् भन्ने चिन्ता भएका धनराज कांग्रेसले इमान्दारी पूर्वक बाकसमा मत हालेको थाहा पाएपछि एका एक हौसिएका थिए । यता मत गणना चल्दै थियो उनी हैसिएर विजय र्याली निकाल्ने भन्दै शहीदचोकमा केही समर्थक थुपारेका थिए । गठवन्धनकी उपमेयर कोपिला रानाभाट चुनाव हार्ने संकेत भएपछि त्यहाँ कांग्रेसीहरुको उपस्थिति थिएन । शहीद चोकको चौतारोमा झिनो संख्याका कार्यकर्ताले कव्जा गरेपछि हारको पीडामा रहेको एमालेले मतगणना नै स्थगित गर्न पुगेको थियो । मत परिणाम घोषणा भएपछि पनि उनको विजय सभामा उनले ल्याएको मतको कदर हुने गरी सभा हुन सकेन । प्रदर्शनी केन्द्रमा झिनो रुपमा गठवन्धनका कार्यकर्ता उपस्थित भएका थिए ।निर्वाचन परिणाम घोषणा नहुँदै र पदवहाली नहुँदै कहिले काठमाण्डौमा गठवन्धनका नेता भेट्न गएको त कहिले पोखरा महानगरपालिकाका प्रशासकीय प्रमुखलाई थर्काएको कुरा सामाजिक संञ्जालमा भाइरल भएको थियो । यो हर्कत समेत पोखरेली र स्वयं महानगरका कर्मचारीले मन पराएका थिएनन् । यति सम्मकी उनलाई नै समर्थन गर्ने पार्टी एकीकृत समाजवादीका नेताहरुले समेत धनराजको हर्कत रुचाएका थिएनन् ।
उनै धनराजले अहिले पोखरा महानगरमा केक काण्ड मच्चाएपछि त्यसको भित्र र वाहिरबाट समेत तिब्र आलोचना भैरहेको छ । उनी पदवहाली भएदेखि नै उनको चाकडी गर्नेहरु खादा र माला लिएर कार्यालयमा पस्ने गरेका छन् । दिन भरी खादा माला लगाउँदैमा मेयर साबको दिन वित्छ विकासका कुरा छोडम् महानगर श्रोतले भन्यो ।
महानगरपालिका भित्र मेयरलाई असफल वनाउने स्थानीय तहका कर्मचारीको एउटा जालो नै छ । तर त्यो कुरा मेयरले बुझेका छैनन् । अनेक तानाबाना वुनेर फँसाउने काम गर्छन् । अखिर धनराज को हुन् र ? उनै पूर्व एमाले हुन् अहिले पार्टीले विद्रोह गरेपछि गठवन्धनको बलमा मेयर पद हत्याएका हुन् महानगर श्रोतले भन्यो ।