माघ २० गते २०८१
बिश्व सिमसार दिवस (फोटो फिचर)
पोखरा २०,फागुन
खास गरी सिमसार भन्नाले वनस्पतिका आकर्षक भूमि र पन्छीका निम्ति आश्रय थलो हो भने पानीको आधारदेखि जलाधारका स्रोत पनि मानिन्छ । यस्ता सिमसार क्षेत्रहरूमा दुर्लभ चरा–चुँरुङ्गीहरुको पनि वासस्थान रहेको हुन्छ । पछिल्लो समय मानवीय विकास क्रम अनि पूर्वाधारहरूको अविवेकी विकास क्रमले नेपालमा सिमसार क्षेत्र नासिने र अतिक्रमणमा परेका छन् ।
यस्तै सिमसार क्षेत्रहरूका जीवहरू, वनस्पति एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरूलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रहरूलाई पृथ्वीको मिर्गौला पनि भनिन्छ । मिर्गौलाकै राम्रो संरक्षण गर्न नसकेमा पृथ्वी अनि यसमा बस्ने हाम्रो अस्तित्व कत्तिको सहज हुन्छ । अझ सिमसार क्षेत्रमा बच्चा कोरल्न रुसको साईबेरियादेखि चराहरु आइपुग्छन् भन्ने अध्ययनहरूले देखाएको छ ।
यसका अतिरिक्त सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षण प्रदान गर्छ । विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोश टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से फोक्सुन्डो ताल, माई पोखरी अनि पोखरा नगरीका नौ वटै तालहरू सिमसार क्षेत्रका जाज्वल्यमान दृष्टान्त हुन् । नेपालमा ठुला–साना गरी ४ हजार नजिक सिमसार क्षेत्र छन् ।
पोखराका तालहरू हरेक वर्ष ताल खुम्चिँदै अनि बस्ती बढ्दै गइरहेको छ । ताल–किनारमा होटेल–घर निर्माणको क्रम बाक्लिँदो छ । त्यसरी अन्यत्र पनि भू–अतिक्रमण बढ्दै गइरहेको छ । त्यस कारण सिमसार क्षेत्र जोखिम परेका छन् । सिमसार क्षेत्र वरिपरि पूर्वाधार खडा गर्ने काममा सरकारले कडाइ गर्न सकेको पाइँदैन । त्यसअतिरिक्त सिमसार सुकाउने गरी अत्यधिक मात्रामा भूमिगत पानीको दोहन गर्ने कार्य पनि बढ्दै गएको छ । अतिक्रमणले गर्दा बर्सेनि सिमसार क्षेत्र घट्दै गएका छन् ।
आउँदो पुस्तालाई एउटा सफा अनि सुरक्षित संसार दिएर जानु हाम्रो कर्तव्य हैन र रु कानुनको दायरा फराकिलो पार्दै यस्ता दोहन कार्यमा संलग्नहरूलाई कानुनी सजायको दायरामा ल्याउन जरुरी छ । पृथ्वीको संरक्षण जरुरी छ, नत्र मानव समुदायको अस्तित्व सङ्कटमा छ । तपाई–हामी आफै सिमसार क्षेत्रको संरक्षण गर्न अघि बढ्न जरुरी छ ।