कार्तिक १४ गते २०८१
साफ महिला च्याम्पियनसिपको आज फाइनल : नेपाल र बंगलादेश भिड्दै
कार्तिक, १४ पोखरा ।
साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ ।
सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । बंगलादेश भने सेमिफाइनलमा भुटानमाथि सहज जित निकाल्दै फाइनलमा पुगेको हो ।
सन् २०१० मा शुरु भएको साफ महिला च्याम्पियनसिपको यो सातौं संस्करण हो । यसअघिका ६ मध्ये पाँच संस्करणको फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
पहिलो चारवटा फाइनलमा भारतसँग हारेको नेपाल अघिल्लो संस्करणको फाइनलमा भने बंगलादेशसँग पराजित भएको थियो । यसपटक नेपाललाई उक्त हारको बदला लिँदै आफ्नै मैदानमा दक्षिण एसियाली च्याम्पियन बने अवसर जुरेको छ ।